लावण्य/साँखु । ललितपुरको म्युजिक सिटीमा आयोजित तेस्रो नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०२२ प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झाको उपस्थितीमा सम्पन्न भयो । उक्त कार्यक्रममा गीत संगीततर्फ ४१ विधा र फेशनतर्फ आठ विधामा अवार्ड प्रदान गरिएको थियो । उक्त कार्यक्रममा आधुनिक विधातर्फ एस कुमारले सर्वोत्कृष्ट गायक र अन्जु पन्तले यस बर्षको पपुलर आधुनिक गायिकाको पुरस्कार प्राप्त गरिन् । उक्त कार्यक्रममा सर्वाधिक लोकप्रिय गितको अवार्ड अस्मिता अधिकारी, उत्कृष्ट आधुनिक गीतका गीतकार निशा अर्याल, सर्वोत्कृष्ट संगीतकारतर्फ सुनिल राई, लोकगीततर्फ सर्वोत्कृष्ट लोकदोहोरी गायकको रुपमा कृष्ण कंडेल, गायिका चन्दा अर्याल, संगितकार सुरेश अधिकारीले हात पारे ।
त्यस्तैगरी विभिन्न विधामा पुरस्कृतहरुलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो त्यस्तैगरी “ओ मेरो ह्याण्डसम्” बोलको गीतका मोडल प्रकाश श्रेष्ठले पप गीत भिडीयोमा पुरुषतर्फ अवार्ड प्राप्त गरे । मोडल प्रकाश श्रेष्ठ शंखरापुर ९ सानागाउँ निवासी हुनुहुन्छ । सानैदेखि नृत्यमा रुची राख्ने प्रकाश श्रेष्ठले विभिन्न नेपाली चलचित्र, टेलिफिल्म र स्टेज कार्यक्रममा आफ्नो सहभागिता जनाउंदै आएका छन् । उक्त कार्यक्रम स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियशनद्वारा आयोजित कार्यक्रममा गीत संगीत क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई समेत प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झा ले सम्मान गर्नुभएको थियो ।
0 Comments
Thanks for your concerns