तरेली स्मारिका –२ विमोचित
२०७८ माघ २५ गते
लावण्य/साँखु । यही माघ २५ गते तरेली साहित्य प्रतिष्ठानद्वारा प्रकाशित “तरेली स्मारिका–२” को विमोचन शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
स्मारिकाको विमोचन गर्दै मेयर श्रेष्ठले भन्नुभयो– विकास निर्माणका कुराहरु जत्तिसुकै भएतापनि साहित्य र संस्कृति विना विकास निर्माण पनि अपूरो र अधुरो जस्तो लाग्ने बताउनुभएको छ ।
उहाँले साहित्य क्षेत्रमा तरेली साहित्य प्रतिष्ठान यस भेगकै नमूना संस्थाको रुपमा अगाडि बढिरहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमको सभापतित्व अध्यक्ष रामेश्वर श्रेष्ठले गर्नुपभएको थियो भने कार्यक्रम सञ्चालन सचिव कान्छाप्रसाद तिवारीले गर्नुभएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष इच्छाराम थापाले स्वागत मन्तव्य राख्नु भयो । नेपाल भाषाका महाकवि गिरिजा प्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष यचु जोशी, कार्यसमितिका सदस्य एवम्ं सम्पादक मण्डलको तर्फबाट महेशकुमार वाग्ले, कार्यसमितिका सदस्य मैना बिष्ट, कार्यसमितिका सदस्य शम्भु प्रसाद दुलाल, कल्पतरूका प्रधान सम्पादक नवराज पुडासैनी, सल्लाहकार प्रकाश मान सक्व, वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो । साथै केही साहित्यिक रचना वाचन कार्यक्रम पनि भएको गरिएको थियो ।
कार्यक्रममा पत्रकार, विभिन्न बिद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
0 Comments
Thanks for your concerns