यौनका कुरा – प्रस्तुती : नविना राई



 यौनका कुरा – प्रस्तुती : नविना राई

सुखद दाम्पत्यका लागि सुझाव

अमेरिकाको युनभिर्सिटी अफ पिट्सवर्ग स्कुल अफ मेडिसिनका मनोवैज्ञानिकहरूका अनुसार जुन दिन श्रीमती राती मस्तले नसुती बिहान उठ्न बाध्य हुन्छिन्, त्यस दिन दम्पत्तिबीच कचकच हुने सम्भावना बढी हुन्छ । पति चाहिं राम्ररी निदाउन नपाइ उठेको भए पनि यस्तो समस्या नहुने निष्कर्ष उनीहरूको छ ।

श्रीमतीलाई निद्रा नआउने समस्याले अर्काे दिन श्रीमानका लागि समस्या उत्पन्न गर्छ भने यसको प्रभाव तनावको लक्षणभन्दा फरक हुन्छ । यसअघिका अध्ययनहरूमा अनुसन्धानकर्ताहरूले के पाएका थिए भने यदि कुनै पनि महिलाले बेडमा आप्mना पति वा पाटर्नरको उपस्थिति निरन्तर पाउने गरे तिनलाई निद्रा पनि मीठो लाग्ने गर्छ ।

तर एसोसिएटेड प्रोफेसनल स्लिप सोसाइटीमा प्रस्तुत नयाँ अनुसन्धानमा प्रा.बेन्डी टूोक्सेलले सुत्ने समय र दिनहुँको वैवाहिक जीवनबीचको सम्बन्धलाई उजागर गर्ने प्रयास गरेका छन् । ट्रोक्सेल नेतृत्वको समूहले राम्रो वैवाहिक जीवन व्यतीत गरिरहेका र विगतमा कुनै शारीरिक र मानसिक समस्या नभएका ३५ दम्पतीमा यसबारे अध्ययन ग¥यो ।

एक्टिग्राफ उपकरणले ती दम्पतीहरूको १० रातको गतिविधिको आंकलन गरियो । कति जनाको अर्काे दिन सकारात्मक र कति जनाको नकारातमक रह्यो भन्ने जान्न त्यो परीक्षण गरिएको थियो । अध्ययन अनुसार, जुन महिला राम्ररी निदाउन सकेका थिएनन्, अर्काे दिन उनहिरूले पतिसँगको सम्बन्धमा समस्या भएको जनाए ।

प्रकृति जोगाउन नग्न पार्टी

पश्चिमा मुलुकहरुमा नग्नता सामान्य भईसकेको छ । जनावर बचाऔं भन्दै केहि युवतीहरु खुलेआम सडकमा नांगै हिड्छन्, वनस्पतिको संरक्षण गरौं भन्दै युवा युवतीहरु समुद्रको किनारामा पुगेर नग्न भईदिन्छन् । नग्नता पश्चिमा राष्टूहरुमा अहिले एउटा आन्दोलन बनेको छ । प्रहरीको आँखा छल्दै सडकमा र समुद्रको किनारामा सीमित हुँदै आएको नग्न प्रदर्शन अब शहरको मुख्य भागमा, सबैको आँखा अगाडी हुन थालेको छ । अमेरिकास्थित न्युयोर्कको सोहो जिल्लाको केन्द्रमा एउटा युवकले नग्न पार्टीको आयोजना गरेका छन् । उनले त्यस्तो पार्टीको आयोजना अरु केहि नभएर प्रकृतितिर फर्कांै भन्दै थालिएको नग्नताको आन्दोलनमा सहयोग पु¥याउन गरेको दाबी गरेका छन् । कार्यक्रममा उपस्थित नग्न केटाकेटीहरु हाँसे, रमाइलो गरे र सामुहिक रक्सी पनि खाए । रोचक त यो छ, सो पार्टीमा १८ देखि ४० वर्षसम्मका महिला पुरुषको सहभागिता रहेको थियो । त्यसमा विवाहित जोडी पनि थिए ।

कौमार्य भंग गर्नको लागि २५ लाख

युवतीको कौमार्य विक्रीका लागि इन्टरनेटमा लिलामी गर्ने काम पनि फेसनकै रुपमा अघि बढिरहेको छ । हामीले यस अघि एक २० वर्षीया ब्राजिलियन युवतीले आफ्नो गरीव बस्तीमा सुकुुम्वासीका लागि घर बनाउन रकम संकलन गर्न आफ्नो कौमार्यको इन्टरनेट लिलाम बढाबढ गरेको कुरा प्रकाशित गरेका थियौँे, यसैको सिको गर्दै एक अर्की १८ वर्षीया ब्राजिलियन युवतीले मुटरोग पीडित आफ्नी विरामी आमाको उपचारका लागि भन्दै आफ्नो कौमार्य लिलामीका लागि इन्टरनेटको सहायता लिएकी लागि इन्टरनेटको सहायता लिएकी छन् ।

ब्राजिलको सापियाकु क्षेत्र निवासी रेवेक्का बर्नाडो नामक ती युवतीले युट्युवमा आफ्नो कौमार्य लिलामी बढाबढका लागि घोषणा गरेको हुन् । अमेरिकी टेलिभिजन संस्थालाई दिएको एक अन्तर्वार्तामा रेवेक्काले अन्य कुनै वैकल्पिक आयस्रोत नभएपछि यो निर्णय लिनु परेको बताइन् । उनकी दिदीको केही समय पहिले धिन भएको थियो र उनलाई आफ्नो बाबुबारेमा केही जानकारी छैन । रेवेक्काको यस निर्णयप्रति ओछ्यानमा थला परेकी उनकी आमा भने खुशी छैन । रेवेक्काले जागिर नै खोज्नु पर्ने उनको भनाई छ । रेवेक्काले यसरी आफूलाई वेश्यावृत्तिमा संलग्न गराउनु हुँदैन ब्राजिलमा पैसाको लेनदेनमा बालिग वेश्यावृत्ति कानूनी रुपमा वैध मानिन्छ । हालसम्म रेवेक्काको कौमार्यका लागि तीन प्रस्ताव आइसकेको छ भने सबैभन्दा बढी मोल ३५ हजार डलर (२५ लाखभन्दा बढी) को छ ।

सहबासका बेला ध्यान दिनुपर्ने कुराहरु

– सहवासका बेला साथीको रुचि अरुचिको ख्याल राख्नुपर्छ । 

– यौनका सम्बन्धका भएका अनुभूतिका लागि शारीरिक रुपले फिट हुनु पनि आवश्यक छ । अनुसन्धान हेल्थ एवं फिट शारीरिक स्थिति गरिएको सहवास सुखदायी हुन्छ ।

– यौनमा ग्याप राख्नु ठीक होइन । दुवैका इच्छा र शारीरिक स्वस्थता अनुसार यसलाई निरन्तरता दिइनु पर्छ 

– ख्याल–ठट्टाबाट यौन प्रक्रिया अझ रोमाञ्चल हुने भएकाले यसलाई प्रयोग गर्नु राम्रो हुन्छ । 

– यौन क्रियाका बखत एकाग्रता पनि आवश्यक छ, अतः यौन क्रियाको बेला बढी कुराकानी गर्नु ठीक होइन ।

– प्रशंसाको आवश्यकता पुरुषलाई पनि हुन्छ अतः यौन क्रियाका बेला एक अर्काको प्रशंसा गर्नु राम्रो हुन्छ । साथै एक अर्कालाई भावनात्मक समय बढी कुराकानी गर्नु ठीक होइन ।

(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments