सम्भोग गर्दा पनि किन गर्भ रहँदैन ?



 यौनका कुरा – प्रस्तुती ः नविना राई

सम्भोग गर्दा पनि किन गर्भ रहँदैन ?

सम्भोग पश्चात् हुने वीर्य स्खलनमा शुक्राणुको मात्रा करिव ५० प्रतिशत हुने अनुमान गरिएको छ । वीर्यमा शुक्राणुको मात्रा प्रति मिलिमिटर साढे सात करोडसम्म हुनु पर्दछ । कसैको करोडप्रति मिलिमिटर पनि हुन सक्छ । यसमा केही करोड तल–माथि परिरहेकै हुन्छ । वीर्य उत्पादन हुने मुख्य स्थान भनेको वीर्य ग्रन्थी नै हो भने शुक्राणु उत्पादन हुने स्थान अण्डकोष हो । अण्डकोषमा शुक्राणुहरु उत्पादन भएर शुक्रकिट नली हुँदै वीर्य ग्रन्थीमा मिसिन आइपुग्दछ । यस प्रकार वीर्य ग्रन्थीमा आइपुगेका शुक्रकिटहरु सम्भोग पश्चात् वीर्य स्खलन हुँदा सँगै स्खलित हुन्छन् । यसमा सम्झिनु पर्ने कुरा के छ भने वीर्य एक किसिमको चिल्लो पदार्थ मात्र हो भने शुक्राणु आँखाले देख्न नसकिने शुक्रकिट हो । स्खलन हुँदा शुक्राणु वीर्यसँगै मिसिएर आउन पायो भने मात्र महिलाले गर्भधारण गर्न सकिन्छ शुक्रकिट चाहिं आएन, केवल वीर्य मात्र स्खलन भयो भने गर्भको सम्भावना नै हुँदैन ।

शुक्राणु हुँदाहुँदै गर्भधारण हुन सक्छ भन्ने छैन । यसको क्षमता र गतिशीलताको पनि उत्तिकै प्रभाव परेको हुन्छ । यसमा शुक्राणु उत्पादन हुँदा कसरी प्रभाव परिरहेको हुन्छ भन्ने विषयमा उल्लेख गर्न लागिएको छ । अण्डकोषमा शुक्राणु उत्पादन हुने क्रमलाई प्रभाव पार्ने केही फरक तत्वहरु छन् । सर्वप्रथम अण्डकोषमा विकिरणको प्रभाव प¥यो भने शुक्राणु उत्पादनमा ¥हास आउन सक्छ । जस्तो अनावश्यक रुपमा धेरै एक्सरे गर्नु, क्यान्सरका लागि प्रयोग गरिने केमोथेरापी तथा किटनाशक औषधिको अत्यधिक प्रयोगबाट पनि अण्डकोषमा हुने शुक्राणु उत्पादनमा प्रभाव पर्न सक्छ । त्यस्तै, नशालु औषधिको सेवन मद्यपान तथा धुम्रपानले पनि शुक्राणुको उत्पादनमा असर पार्दछ ।

किटनाशक औषधिले पार्ने असर अस्थायी मात्र हुन्छ । यसको संसर्गमा नआएपछि स्वतः असर कम हुँदै जान्छ । तर नशालु पदार्थ तथा धुम्रपान, मद्यपानको सेवनबाट पार्ने असर भने दीर्घकालीन रुपमा हुन सक्छ । यसबाट बच्नका लागि सबै चेतनशील वर्गले समयमै सोच्नु पर्दछ । जो मानिसले यस्ता व्यवहारिक कुराहरु बुझेका छैनन् भने बुझेका मानिसले नबुझेका मानिसलाई परामर्श दिनु पनि कर्तव्य हो । हेरोइन, मरफिन जस्ता नशालु औषधिको प्रयोगले पुरुष हारमोन टेस्टोस्टेरोनको स्तरलाई घटाउँछ । रेस्टोस्टेरोनको स्तर घट्नुको अर्थ भनेको प्रत्यक्ष मात्रामा शुक्राणु उत्पादन घट्नु हो । मादक पदार्थ सेवनको लत बसिसकेपछि पनि यो समस्या उत्पन्न हुन सक्छ । यसको ठीक विपरीत धुम्रपान गर्नेहरुमा भने वीर्यमा शुक्राणु धेरै कठिनपूर्वक मात्र तैरन सक्छ नत्र कत्रेर त्यतिकै बस्दछ । यस कारणले गर्दा शुक्राणुको गतिशीलतामा भारी कमी आउँछ । यस्तो अवस्थामा धेरै कम शुक्राणु मात्र उर्वरक हुन्छन् । धेरै ज्वरो आएको अवस्थामा सन्तान जन्माउने उद्देश्यले यौन सम्पर्क गर्नु पनि ठीक हुँदैन । शुक्राणुको संख्या घटाउने क्रममा मानसिक तनाव र असुरक्षाका भावनाले पनि निकै असर पु¥याइरहेको हुन्छ । शुक्राणुको उत्पादनमा असर पु¥याउने खालका अन्य अवस्थाका बारेमा कुरा गर्र्नु पर्दा प्रथमतः अण्डकोष ग्रन्थी जसको शुक्राणु उत्पादन गर्ने क्षमता नहुनु हो भने दोस्रोमा शुक्रकिट नलीमा अवरोध आउन सक्नु हो ।

परिवार नियोजन गरेको पुरुषहरुलाई गरिने स्थायी उपाय भ्यासेक्टोमी गर्दा पनि केवल शुक्राणु आउने शुक्रकिट नलीलाई मात्र काटेर बाँध्ने काम गरिन्छ । अण्डकोषको दुवै ठाउँबाट दुई वटा शुक्रकिट नलीहरु वीर्य ग्रन्थीसम्म पुगेका हुन्छन् । यी शुक्रकिट नलीको मुख्य काम शुक्राणुहरुलाई यसको बाटो हुँदै वीर्य ग्रन्थीसम्म पु¥याउनु हो । भ्याक्सेटोमी गर्दा यही शुक्रकिट नलीको बाटो भएर शुक्राणु जाने(आउने क्रमलाई बन्द गरिन्छ । शुक्रकिट नलीलाई बीचमा यसरी बन्द गरेपछि वीर्य ग्रन्थीमा शुक्राणु पुग्ने कार्य बन्द हुन्छ । अब सम्भोग गर्दा केवल वीर्य (तरल पदार्थ मात्र) सदाझैं स्खलन हुने काम हुन्छ र वीर्यसँगै शुक्रकिट भने हुँदैन । यसले गर्दा गर्भधारण हुन सक्दैन ।

गर्भावस्थामा यौन सम्पर्क नगर्नुस्

गर्भावस्थामा महिलाको शारीरिक र मानसिक अवस्था फरक हुने गर्छ । गर्भमा विकसित भइरहेको शिशुमा महिलाको अधिक ध्यान केन्द्रित रहन्छ । नजवीवनको विकास भइरहेकाले महिलाको शारीरिक आकार फरक र तुलनात्मक रुपमा मोटो हुन्छ । तापनि जैविक आवश्यकतामा कमी भएको हुंदैन । कतिपय महिला गर्भावस्थामा हार्मोनको सक्रियताका कारण बढी कामोत्तेजना महसूस गर्छन् । यसले प्रश्न उठाउँछ( के गर्भावस्थामा यौन सम्पर्क गर्नु सुरक्षित हुन्छ ? अनुसन्धानको आ–आफ्नै प्रकारका सीमा र क्षेत्र भए पनि गर्भावस्थामा यौन सम्पर्क सुरक्षित नै हुने तर केही खतरा भने रहने निष्कर्ष दिएका अनुसन्धानपत्र पनि छन् । क्यानेडियन मेडिकल एशोसिएसनको जर्नलमा प्रकाशित एक अनुसन्धान विवरण अनुसार गर्भावस्थामा यौन सम्पर्क गर्न सकिन्छ तर असावधानी र अन्य कारणले केही खतरा उत्पन्न हुनसक्छ ।

खतराको उल्लेख गर्दै भनिएको छ, असामान्य हो तर गर्भावस्थामा यौन सम्पर्क गर्नाले गर्भ तुहिन सक्छ, तल्लो पेटमा संक्रमण हुन सक्छ, सेर्भिक्सलाई ढाक्ने सालमा क्षति पुगेर रक्तस्राव हुने र रक्तथेक्ला बन्न सक्ने सम्भावना हुन्छ । गर्भावस्थामा महिलाले यौन सम्पर्क नगर्नु नै राम्रो मानिन्छ । किनभने गर्भ तुहिने खतरा रहन्छ । योनीमा संक्रमण भएकी गर्भवती महिलाले नियमित यौन सम्पर्क गराएमा गर्भ तुहिने वा अविकसित शिशु जन्मने खतरा बढ्छ । गर्भमा एकभन्दा बढी शिशु भएको तथा पहिले गर्भ तुहिएको महिलाले अधिक सावधान रहनुपर्ने सुझाव अनुसन्धानकर्ताले दिएका छन् ।

केही आसनमा यौन क्रिया गर्दा योनीभित्र हावा खाँदिएर गर्भाशयमा रक्तथेला जन्म गई गम्भीर समस्या उत्पन्न हुन सक्ने औंल्याइएको छ । अनुसन्धानकर्ताले लेखेका छन्, गर्भावस्थामा यौन सम्पर्क सामान्य हो, न्यून खतरा वर्गमा पर्ने गर्भवतीले यौन सम्पर्क गराउँदाको खतरा बारे निकै कम प्रमाण जुटेको छ र यसमा विवाद पनि छ ।

(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Post a Comment

0 Comments