२०७८ भाद्र १९ गते
लावण्य/साँखु । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले श्रीश्रीश्री माधवनारायणको मूल मन्दिर बनाउनको लागि जग खन्ने कार्य भाद्र १७ गते बाट सुरु गरेको छ ।
केही साता अघिदेखि यस कार्यमा समिति लागिपरेको भएतापनि मौसम अनुकूल नहुँदा सम्म खन्ने काम थालेको थिएन । अहिले मौसम अलिकति खुल्नासाथ समितिले काम थालेको हो ।
यो मन्दिर खोलातिरबाट हेर्दा ३ तल्ले र भीमसेन पाटी तर्फको साईडबाट हेर्दा २ तल्ले देखिनेछ ।
यस मन्दिरको लागत ३ करोड ५० लाखको अनुमान गरिएको छ । जुन रकम केही कम हुन सक्ने आँकलन गरिएको छ ।
मन्दिर निर्माणको लागि आवश्यक काठको जोहो गर्दै समितिले केही ट्रक काठ चिरान गरेर ल्याईसकेको छ ।
यस मन्दिरमा करीब २ करोड ७० लाख बराबरको काठको काम हुने अनुमान गरिएको छ ।
यही भाद्र १८ गते समितिले शालिनदी परीसरमा निर्माण गरिएको माधवनारायण पार्कको स्तम्भमा राख्नको लागि मैनको मूर्ति तयार भईसकेको जनाएको छ ।
ढलौटको मूर्ति बनाउनु अगाडि मैनको मूर्ति बनाईएको हो । सो मैनको मूर्तिलाई माटोले ढाकेर ढलाई गरेपछि ढलोटको मूर्ति तयार हुनेछ ।
सो मूर्तिमा कस्तो रङ्ग लगाउँदा उचित हुन्छ भनि समितिले विज्ञहरुसँग सल्लाह लिईरहेको बुझिएको छ ।
गत बैशाखमै निर्णय गरेर मूर्तिको लागि अर्डर गरेपनि कलाकार महेश तुलाधरको कार्यव्यस्तता र लकडाउनकै बीचमा कार्य मूर्ति बनाउने कार्य गरिरहँदा पनि मूर्ति भर्खर तयार भएको समितिले जनाएको छ ।



0 Comments
Thanks for your concerns