लावण्य/साँखु । केही वर्ष अगाडि देखि साँखुमा पनि केही युवाहरुले बोलवम यात्रा सञ्चालनमा ल्याएको छ । बोलबम यात्रा सञ्चालन गर्दा देखि अहिलेसम्म सो समूहका युवाहरुले आफ्नो परिचयको लागि समेत खासै संगठनको रुप भने दिन सकेका छैनन् ।
साँखुमा बोलबम यात्रा २०७१ साल श्रावण २६ गतेबाट सुरु भएको हो ।
यस वर्ष पनि यही श्रावण ३२ गते बोलबम यात्रा सञ्चालन गरिएको थियो । सो यात्राका क्रममा करीब ५० जना युवा युवती र आमा बुबाहरुको सहभागिता रहेको थियो । बोलबममा शंखरापुर नगरपालिकाका उपमेयर शुक्रलक्ष्मी श्रेष्ठको सहभागिता रहेको थियो । साथै स्वतः स्फूर्त रुपमा नारायणेश्वर जानेहरुको लर्को भने अब बढ्न थालेको छ । श्रावणको प्रत्येक सोमबार करीब सय जना जति भक्तजनहरु नारायणेश्वर जान थालेका छन् ।
नारायणेश्वरमा अहिले एउटा महादेवको मन्दिर समेत बनाईसकिएको छ । रमणीय स्थल नारायणेश्वरमा केही समय आराम गर्न पाटी पौवा, ध्यान गर्न एवं केही समय बाबासँग् बिताउनेहरुको समेत अहिले सो ठाउँमा सधैँजसो उपस्थिति रहेको छ ।
सो यात्रा नारायणेश्वरमा नुहाईवरि जल लिएर आई साँखुको ज्योतिर्लिङ्गेश्वरमा जल चढाई बिसर्जन गरिएको थियो ।
२०७१ सालमै सो समूहले नवरात, पञ्चरात र एक रात समेत गरि विभिन्न तीर्थस्थलहरुमा नुहाउन जाने कार्य समेत गरेका थिए ।
२०७२ साल बैशाख १ गते नारायणेश्वरमा भव्य मेला समेत सो समूहको सहयोग सञ्चालन गरिएको थियो । त्यत्तिबेला सो समूहले लप्सेफेदीका केही युवा र बुढापाकाहरुको साथ लिएर नारायणेश्वर मेला २०७२ का अध्यक्षका रुपमा हरिबहादुर मल्लको संयोजनमा प्रचार प्रसारको जिम्मेवारी लिँदै सो मेलाको भव्य प्रचार प्रसार गरेको थियो । जहरसिंपौवा देखि थली चौरसम्म र साँखु बजारमा समेत मोटरसाईकल ¥याली गरेर प्रचार प्रसार गर्दै नारायणेश्वरमा भव्य मेला सञ्चालनको लागि सहयोग गरिएको थियो ।
सो भव्य मेलाको सञ्चालन पछि भने सो समूहले २०७२ साल बैशाख १२ को भूकम्प पछि तत्काल ठूला कार्यहरु गर्न सकेको थिएन । तर पनि आफूहरुले सुरु गरेको बोलबम यात्रा भने समूले निरन्तर सञ्चालन गर्दै आईरहेको छ ।
यो वर्ष अरु थप कार्यक्रमहरुको घोषणा गरिएको छैन तर पनि केही न केही धार्मिक कार्य गर्ने सोच भने यो समूहमा रहँदै आएको छ ।


0 Comments
Thanks for your concerns