यौनका कुरा – प्रस्तुती ः नविना राई
युवा पुस्तामा पुगेका पुरुषको ध्यान राम्री युवतीलाई हेर्नुमा पनि हुन्छ । पहिले उनीहरु राम्री युवतीलाई हेर्छन्, त्यसपछि उनीहरुका अङ्ग हेर्न थाल्छन् । पुरुषमा यस्तो स्वभाव देखिएको हजारौं वर्ष भइसकेको छ । पुरुषले कुनै पनि युवतीलाई आँखा सामुन्ने देखेपछि पहिले गर्धन हुँदै स्तनमा आँखा पु¥याउँदै तिघ्रामा दृष्टि फ्याँक्छ । द मेल व्रेन नामक पुस्तकमा उल्लेख भए अनुसार पुरुषले तिघ्रा हेरेपछि ज्ञानेन्द्रियतर्फ पनि ध्यान केन्द्रित गर्छ । पुरुषलाई महिलाको ठूलो स्तन, पातलो कम्मरसम्म पेट तथा गोलो पुठ्ठा बढी मन पर्छ । यस्तो किसिमको शारीरिक बनावट भएका युवती देखिए कुनै पनि जाति र वर्णका पुरुष आकर्षित हुन्छन् । महिलाको शारीरिक बनावटले पुरुषलाई पहिलो नजरमैे आकर्षण गर्छ र महिलाको कुन अङ्गले पुरुषलाई बढी आकर्षित गर्छ भने विषयमा धेरै अनुसन्धान एवं सर्वेक्षणहरु सम्पन्न भइसकेका छन् । अहिलेसम्म भएका अनुसन्धान मध्ये कुनै पनि पुरुषले एक सेकेण्डको पनि पाँचौं भागमा उसले महिला आकर्षक छ कि छैन भन्ने विषयमा निर्णय गरिसकेको हुन्छ । यो निर्णय गर्ने क्रममा पुरुषका केही ज्ञानेन्द्रिय सक्रिय हुनुका साथै रक्तचाप समेत बृद्धि हुन्छ । युनिभर्सिटिका वैज्ञानिकहरुले पुरुषमा यस्तो किसिमको प्रतिक्रिया किन हुन्छ भनेर थप अनुसन्धान गर्दा यौनका विषयमा पुरुषहरुको मस्तिष्कले महिलाको तुलनामा २ दशमलव ५ गुणा बढी टोस्टेसटोरोन हार्मोन उत्पादन गर्छ । यसरी हार्मोनको बढी उत्पादनले गर्दा यौन आकर्षणको क्षेत्रमा पुरुषको मस्तिष्क महिलाको तुलनामा १० देखि १५ गुणा बढी सक्रिय हुन्छ । यही कारणले पनि पुरुषहरु यौनको क्षेत्रमा महिलाभन्दा बढी सक्रिय हुन्छन् । अरू सर्वेक्षणले के प्रष्ट पारेको छ भने पुरुषले आफ्नो जीवनमा १४ जना फरक महिलासँग यौन सम्पर्क राख्छ भने महिलाले जीवनमा १ वा २ पुरुषसँग मात्र शारीरिक सम्पर्क राखेका हुन्छन् ।
सहमतिमै सम्भोग पनि बलात्कार ठहर्छ
नयाँदिल्ली÷दिल्ली उच्च अदालतले १५ वर्षमुनिका केटीसँग बिहेपछि सम्भोग गर्नुलाई पनि बलात्कार नै मानिने निर्णय गरेको एजेन्सीहरूले जनाएका छन् । उच्च अदालतले गत आइतबार गरेको निर्णयमा विवाहित १५ वर्षमुनिका केटीको सहमतिमा सम्भोग गरिए पनि त्यसलाई बलात्कार नै मानिने उल्लेख छ । यस्ता मामिलामा नाबालिगको सहमतिको कुनै अर्थ नरहेको र पुरुषले धार्मिक अधिकारअन्तर्गत कुनै संरक्षण नपाउने अदालतले जनाएको छ ।
कार्यकारी मुख्य न्यायाधीश एके सिकारी अध्यक्ष रहेको तीन सदस्यीय जुरीले १५ वर्षमुनिकी पत्नीसँग सम्भोग गर्नु आइपीसी (इन्डियन प्यानेल कोड) ३७५ अन्तर्गत एक अपराध हो भन्दै यो कानुनको कुनै अपवाद नहुने र कडाइपूर्वक कानुन लागु गरिनुपर्छ भनेको छ ।
न्यायाधीशको निर्णयमा यस्ता मामिलामा नाबालिग पत्नीको सहमतिको कुनै औचित्य नहुने भनिएको छ । सम्भोगबारे नाबालिगको सहमतिलाई कानुनी मान्यता दिन नसकिने र उनको बिहे भए÷नभएको तथ्यले कुनै फरक नपर्ने उल्लेख छ । नाबालिग पत्नीबारे श्रीमान÷श्रीमती सम्बद्धपक्षका निजी कानुन यस मामिलामा लागू हुन नसक्ने जुरीले भनेको छ ।
जुरीले महिलाको विवाह र सम्भोगका लागि सहमतिको सही उमेरसम्बन्धी भारतीय दण्डसंहिता, हिन्दु विवाह अधिनियम र बालविवाह रोकथामका विभिन्न प्रावधानमाथि उठाइएका प्रश्नको जवाफमा यो आदेश दिएको हो ।
ठूलो लिंगको करामत (अप्रत्याशित समाचार)
अस्वाभाविक रुपमा ठूलो लिंग भएका एक जना अमेरिकी नागरिक यसकै कारणले हैरानी खेपिरहेका छन् । उनलाई सान फ्रान्सिस्कोस्थित अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाकर्मीले रोकेर पाइन्टभित्रको अस्वाभाविक ठूलो वस्तुको बारेमा सोधपुछ गरेपछि उनी अवाक् भए । न्यूयोर्कका जोहन फाल्कनलाई विमानस्थलमा सान फ्रान्सिस्कोका सुरक्षाकर्मीले रोकी सोधपुछ गर्दा उनको उडानमा समेत केही बेर ढिलाई भएको थियो ।
जोहन फाल्कन ४१ को लिंग उत्तेजित नहुँदा ९ दशमलव ५ इन्च लामो हुन्छ भने उत्तेजित अवस्थामा १३ इन्च । विश्वकै सबैभन्दा लामो लिंग भएका फाल्कनले केही डकुमेन्टूीहरुमा समेत अभिनय गरिसकेका छन् । उनको देव्रे तिघ्रामा भारी वस्तु झुन्ड्याइएको थानेर यातायात सुरक्षा प्रशासनका एजेन्टले सान फ्रान्सिस्कोबाट न्यूयोर्क फर्कने क्रममा विमानस्थलमा रोकेका थिए ।
सुरक्षा अधिकारीले गोजीमा के छ भनी सोधे ? फाल्कनले भने, मैले केही छैन भन्दा पनि पत्याएनन् । उनले त्यो अस्वाभाविक वस्तु आफ्नै लिंग भएको जनाएपछि सुरक्षा अधिकारीहरुले उनको गुप्तांग परीक्षण गरेका थिए जसका कारण उनलाई उडान केही ढिलो भएको थियो ।
मेरो लिंग तिघ्रासम्म पुग्ने कुरा सुरक्षा प्रशासनका अधिकारीलाई थाहा थिएन । परीक्षणका लागि नांगै बसेपछि पनि उनीहरुले त्यो वस्तु भने फेला पारेनन्, फाल्कनले ट्विटरमा ट्विट गरेका छन् । सन् २००३ को रोलिङ स्टोनको मिस्टर बिग ताज पाएका फाल्कन १० वर्षको हुँदा नै उनको लिंगको लम्बाई ८ इन्च थियो । उनको लिंगको आकार ठूलो हुनुको कारण वंशज भएको उनकी आमाको कथन छ । उनको लिंग जन्मदै त्यस्तै थियो । वास्तवमा उनको लिंग ठूलो नभई समाजले तोकेको मापदण्ड ठूलो थियो । उनले भनिन्, हामी यस्तो समाजमा छौं जहा मानिसहरु आफ्नो लिंगमा आफ्नो पुरुषत्व देख्छन् ।
(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)
0 Comments
Thanks for your concerns