– प्रकाशमान सक्व
ऊँ अद्य ब्रह्मण दुतिय पाराध्य श्वेत वराह करपे भैवस्वत मनन्तरले अस्ता विसति तमसे चतुर्जुगस्यकरे प्रथम पादे जामु दिपे भरत खंदे भारथ वर्षे आज्र्यावर्तदेशय हेमवत दक्षिणपारे नेपाल मंदे्र वासुखि क्षेत्रे श्रीश्रीश्री पशुपति सन्यधाने वासुखी क्षेत्र वाद्यमत्या पूव्र्वकूले कासिकाया प्रशिम भागे श्रीश्री स्वयम्भूचैपित्र धाने श्रीश्री शंखरापुर नगर श्रीश्री ज्योतिरिंगेश्वर मूले यहिवापुरे नम ऊँ अद्योणाओमा माणकल पक्ष पञ्चमीया तिथौ हस्त नक्षत्र शूभ जोग्य जथा कण सुतेक ।। आदित्यवासरे सिंघराशीगते सवित्रे कर्कट राशी गतेः चन्द्रमसि ।। अस्त कासिव गोत्रे भिमसिंकस्य पिता भवानी शंकर नाम्य प्रितिन जथासभिन सक्रपि ।। समस्त ९३घ ।। शूभं ।।
भवानी शंकर शुभलक्ष्मी भिमसिं निमेश्वरी धनशंकर नथसिं
देवीशंकर भिमनथसिं ज्ञानिशंखर शंखसिं गंधर्वसिं
रत्नसम्भव बुद्धको प्रतिमा शीरमा राखेर त्यसमुनि शिलापत्रको व्यहोरामा लेखिएका संस्कृत भाषामात्रको बुद्ध धम्र्मालम्वीका अनुयायीहरुका एघार सदस्यीय परिवार साँखु चलाखुटोलको धलंको स्थानको उत्तरबाहिणी राजकूलो मुनिको सार्वजनिक धारा पछाडिको यौटा भग्नावशेष पाटीको भित्तामा पश्चिमाभिमूखि यौटा बुद्ध प्रतिमायुक्त शिलापत्रको व्यहोरा मुनि एघारजना दाताहरुको पनि नाम समेतका प्रतिमाहरु छन् । जुन आजभन्दा एकसय उनान्सय वर्ष अगाडि भिमसिंहले आफ्ना पिता भवानी शंखरको नामा प्रितिगरी बनाईदिएको पाटी हो ।
साँखुमा झण्डै साठ्ठीवटा भन्दा बढी पाटी पौवाहरु अस्तित्वमा रहेकोमा प्रत्येक वर्ष बेवारिसे पाटी पौवाहरु वर्षाको पानी र मर्मत सम्भारको अभावमा लोपहुँदै गईरहेका छन् । पाटी पौवा इनार, धारा, मन्दिर स्थापना गर्दा त्यसको मर्मत सम्भारका लागि जग्गादान गरि त्यसको आयस्ताबाट गुठी बनाईएको हुन्छ । तर यस धलंको पाटीको कुनै आयस्ता राखेको शिलापत्रमा लेखिएको छैन । त्यसकारण यो भग्नावशेष पाटी नितान्त नीजि पाटीको रुपमा निर्माण गरिएको हुनसक्दछन् । यस पाटी र शिलापत्रको बारेमा स्थानीय एकहत्तर वर्षका लहरमानसिं र उनान्चास वर्षका श्रीप्रसाद डंगोलले उक्त धलंको पाटी आफ्ना पूर्खाहरुले बनाएर गएको भन्ने सुनेको कुरा बताउनुहुन्छ । त्यस्तै त्यत्तिबेलाका आफ्ना बाजे बराज्यूहरु दिवंगत भएको त्यत्ति बेलाका हजूरआमाहरु पनि सती गएका थिए भन्न कुरा बाबु बाजे आमाहरुको मुखबाट सुनेको बताउनुहुन्छ । त्यस्तै स्थानीयबासी छयालीस वर्षीय किरण श्रेष्ठले आफूले थाहापाएदेखि त्यस्तै भग्नावशेषकै अवस्थामा रहेको पाटीमा इन्द्रजात्रा, येँयापुन्हिमा डलुचामा बत्ति बाल्ने गरेको कुरा बताउनुहुन्छ । यस वर्षको भदौको झरीमा त्यस पाटीको उक्त शिलापत्र खसेर दुईटुक्रा भइसकेका छन् । धलंको क्षेत्रमा दुईवटा पाटीहरु छन् । अर्को पार्टी धलंको ढोकाबाहिर सालिनदी जाने मूलबाटो छेउमै छन् । जुन पाटीमा तीनवटा शिलापत्रहरु छन् । ने.सं. ९०९ श्रावण १५ को पहिलो शिलापत्र, दोस्रो ने.सं. ९०९ फागुण र तेस्रो ने.सं. ९१२ पौष महिनाका झण्डै दुई सय वर्ष भन्दा पनि पुराना शिलापत्रहरु हुन् । जुन पुरातात्विक महत्वले भरिपूर्ण शिलापत्रहरु हुन् । तर समय समयमा पुननिर्माण गर्दा ती शिलापत्रहरुलाई चोरीबाट बचाउने उद्देश्यले सिमेन्ट प्रयोग गरि खोपामा राख्दा छेउका कुँडिएका अक्षरहरुमा समेत सिमेन्टको झोलले छोपिएका कारण अध्ययन अनुसन्धान गर्नेहरुलाई समस्या परेका छन् । साँखु क्वतँचा छेँ घर भएका महाजनले उक्त धलंको पाटी निर्माण गरिदिएका हुन् । हालसम्म यो पाटी स्थानीयहरुको सहयोगमा मर्मत सम्भार गर्दै बचाईराखिएका छन् । दोबाटोको छेउमै रहेको धलंको पाटीमा झण्डै चौबिसै घण्टा कोही न कोही मानिस रहन्छन् । माघको सालिनदी मेलामा यस पाटीमा महिनादिन सम्म जोगी फकिरले डेरा नै जमाईबसेका हुन्छन् ।
पाटी पौवामा बटुवाहरु आराम गर्दछन् भने जोगी फकिरहरु बास बस्दछन् । त्यसरी कोही पनि रातमा बास बसेका छन् भने तिनीहरु भोकै नसुतुन् भनि उनीहरुलाई एकछाक खाना खुवाउनु पर्ने गरी सदावर्त पाटी समेतको व्यवस्था साँखुमा गरेका थिए । तर आजकाल त्यस्ता सदावर्तपाटीमा खानाको लागि चामल, दाल, नुन, बेसार र दाउरा दिने प्रचलन गुठी जग्गा हडप्नेहरुले लोप गराईसकेका छन् । तर धलंको पाटीमा आजपनि जो कोही बेवारिसे बटुवा सुतेका छन् भने नजिकका मानिसहरु सल्लाह गरेर खाना खुवाउने गरेको कुरा सुन्नमा आएका छन् । विगत केही वर्ष अगाडि यौटा अशक्र बुढो फकिर वर्षौसम्म उक्त पाटीमा बसेकालाई त्यस क्षेत्रका बासिन्दाहरुले पालैपालो केही खान दिएका थिए पछि माघ मेला सकिएपछि अन्तै गएको थियो ।
धलंको पाटीमा ज्यापून्हिको वरपर पनौतिको हरियो वर्णको उन्मत्त भैरव बास बस्न आउँदथ्यो भन्ने जनश्रुती पाईन्छ । कहिलेकाहिँ राति अति सुन्दरी किचकन्या पनि बसिरहन्छीन् भन्ने कुरा सुन्नमा पाईन्छ । जन्तिकोँचा नामक पुड्के भूतहरु अथवा भूतका बच्चाहरु बथानै आएर खेल्न आउने कहिलेकाहिँ देखेका थिए भनि अवेला आफ्नो खेतमा पानी लाएर फर्केकाहरुको भनाई सुन्नमा आउँछ । सम्भवतः यी र यस्ता कुराहरु सुन्दै सुनाउँदै आएका किम्बदन्तीका कारण दृष्टिभ्रम भएको पनि हुनसक्ने विश्वास गरिन्छ । हुनतः करिब २०२७ साल अगाडि साँखुमा बिजुली नआउँदा सम्म यस्ता कथनहरु ठाउँ ठाउँमा सुन्न पाईन्छ । साथै अहिले धलंकोबाट साल्खा महादेवस्थानतिर बनेको बाटो नै जन्तीकोँचाको बाटो भनि कहलिएको बाटो हो भन्ने जनबिश्वास रहेको छ । यी र यस्ता किम्बदन्ती समेत धलंको पाटीको ईतिहास बनिसकेका छन् ।
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)
0 Comments
Thanks for your concerns