– क्रिस्टिना श्रेष्ठ –
२०७८ असार ३० गते
लावण्य÷साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ५ सय १ पुगेको छ भने सक्रिय संक्रमितको संख्या भने घट्दै गएर अहिले ५४ मा सीमित भएकोछ ।
नगरपालिकाले प्रकाशित गरेको असार २५–२९ गतेको डाटा अनुसार कोभिड १९ का २५ जना संक्रमित थपिएका छन् भने २२ जना निको भएका छन् । हालसम्म १९ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ७ जना महिला र १२ जना पुरुष रहेका छन् ।
दोस्रो लहर सुरु भएयता जम्मा ५ सय १ जना संक्रमित भएका छन् । त्यसमा २२३ महिला र २७८ पुरुष रहेका छन् ।
सक्रिय संक्रमितको संख्या ५४ रहेको छ जसमा महिला २९ र पुरुष २५ रहेको छ ।
त्यसैगरी संक्रमित भई निको भएकाहरुको संख्या ४२८ पुगेको छ । जसमा १८७ जना महिला र २४१ जना पुरुष रहेका छन् ।
त्यसो त अस्पतालमा रहेका संक्रमितहरुको संख्या हिजोको दिनमा ६ मात्रै रहेको छ जसमा ५ जना महिला र १ जना पुरुष रहेको छ ।
अहिले होम आईसोलेसनमा रहेकाहरु ४८ जना छन् जसमा महिला २४ र पुरुष २४ रहेका छन् ।
नगरपालिकाले नगरका सबै नागरिकहरुलाई आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न कोभिड १९ को प्रोटोकल पालना गर्न अनुरोध गर्दै आईरहेको छ ।
वडा अनुसार कोभिड–१९ को स्थिति, रिकभरी ८६ प्रतिशत
– वडा नंं. १ मा २९ जना संक्रमित मध्ये निको भएका २७ जना, सक्रिय संक्रमित ० जना, मृत्यु २ जना
– वडा नंं. २ मा २४ जना संक्रमित मध्ये निको भएका २२ जना, सक्रिय संक्रमित २ जना, मृत्यु ० जना
– वडा नंं. ३ मा ४९ जना संक्रमित मध्ये निको भएका ४७ जना, सक्रिय संक्रमित १ जना, मृत्यु १ जना
– वडा नंं. ४ मा ४५ जना संक्रमित मध्ये निको भएका ४२ जना, सक्रिय संक्रमित १ जना, मृत्यु २ जना
– वडा नंं. ५ मा ४५ जना संक्रमित मध्ये निको भएका २८ जना, सक्रिय संक्रमित १२ जना, मृत्यु ५ जना
– वडा नंं. ६ मा ९९ जना संक्रमित मध्ये निको भएका ८५ जना, सक्रिय संक्रमित ९ जना, मृत्यु ५ जना
– वडा नंं. ७ मा ६५ जना संक्रमित मध्ये निको भएका ५८ जना, सक्रिय संक्रमित ५ जना, मृत्यु २ जना
– वडा नंं. ८ मा ४० जना संक्रमित मध्ये निको भएका ३६ जना, सक्रिय संक्रमित २ जना, मृत्यु २ जना
– वडा नंं. ९ मा ६४ निको भएका ५६ जना, सक्रिय संक्रमित ८ जना, मृत्यु ० जना
– वडा नखुलेका ४१ निको भएका २७ जना, सक्रिय संक्रमित १४ जना, मृत्यु ० जना्
सर्सती माथिको डाटा हेर्दा सबैभन्दा मृत्यु बढी भएको वडा नं ५ र ६ मा देखिन्छ । यी वडाहरुमा कोभिड–१९ बाट ५ जना व्यक्तिको निधन भईसकेको छ । त्यसपछि वडा नं. ८, ७, ४ र १ मा २÷२ जनाको मृत्यु भईसकेको देखिन्छ भने वडा नं. ३ मा १ जना को मृत्यु भएको देखिन्छ ।
मुलुकभरको निको भएकाहरुको संख्या ९२ प्रतिशत माथि र उपत्यकामा ९४ प्रतिशत माथि हुँदा शंखरापुरमा ८६ प्रतिशतको हाराहारीमा निको भएको देखिन्छ । यो सुखद संकेत हो ।


0 Comments
Thanks for your concerns