विवाहको प्रथम रात अर्थात सुहागरात

यौनका कुरा – प्रस्तुती ः नविना राई

विवाहको प्रथम रातमा पहिलो सम्भोगको सम्बन्धमा आफ्ना संगिनीहरुसँग भएका चर्चा परिचर्चालाई आधार बनाएर स्त्रीहरु सशंकित हुन्छन् । प्रथम सम्भोगको कल्पना मधुर हुन्छ साथै अनेकौं किसिमका भयले पनि उनको मनमा डेरा जमाएको हुन्छ । अधिकांश युवतीको मनमा प्रथम सम्भोगका बेला कौमार्य झिल्ली फाट्दा निकै पीडा हुन्छ, धेरै रगत बग्छ, योनी घाउले छियाछिया हुन्छ आदि कुरा खेलिरहन्छन् ।

लाज र संकोच त पहिले नै उनको मनमा हुन्छ । यसरी प्रथम सम्भोगको अवसर आउञ्जेल स्त्रीको मानसिक एवं शारिरीक अवस्था अत्यन्तै विचित्र हुन पुग्छ । यस अवस्थामा मानसिक तनाव भएर उनको सारा शरीर प्रभावित हुन्छ । पुरुषले प्रथम सम्भोग गर्ने बेला स्त्रीको मन र शरीरका प्रत्येक अंगमा तनाव र डर व्याप्त हुन्छ । सम्भोगको प्रमुख अंग योनी यस तनावका कारण संकुचनको स्थिति हुन पुग्छ । यसैगरी, योनीमार्ग पनि अत्यन्त सांघुरो हुन्छ । यस अवस्थामा कौमार्य झिल्ली पनि कायमै छ र केही गरी पुरुष योनीमा आफ्नो लिंग प्रवेश गराउने सफल भयो भने पातलो झिल्ली फाट्नुको पीडासँगै समग्र योनी सांघुरिएकोले अन्य पीडा पनि महसूस हुन्छ । लिंगलाई भित्र धकेल्ने वा सामान्य घर्षणको प्रयासमा योनीको सांघुरो भित्तामा घाउ पनि हुन सक्छ, बढी मात्रामा र ढिलोसम्म रक्तस्राव हुने अवस्था समेत आउन सक्छ ।

यस्तो कष्टप्रद प्रथम सम्भोगको प्रतिक्रिया स्त्रीको मन मस्तिष्कमा कस्तो पर्छ सजिलै अनुमान लगाउन सकिन्छ । यस अवस्थाबाट गुज्रिएकी स्त्रीले नै आफ्ना संगिनीहरुलाई प्रथम सम्भोगको पीडा बढाईचढाई सुनाएपछि स्त्रीहरुमा डर व्याप्त हुने गरेको छ । यस किसिमको सम्भोगबाट स्त्रीलाई कुनै आनन्द प्राप्त हुन सक्छ । यस्तो पीडादायी स्थितिलाई आत्मसात गरेर उनले पटक(पटक यस्तो कष्ट सहन स्वीकार गर्छिन् । उनको मनमा सम्भोगप्रति भय एवं घृणाको भावना उत्पन्न हुंदैन र ?

यस्तो कष्टप्रद परिस्थितिका लागि स्त्री र पुरुष दुवै जिम्मेवार हुन्छन् त्यसमा पनि पुरुष बढी र स्त्री कम । सम्भोगक्रियाको पहल पुरुषद्वारा हुन्छ, योनीमा लिंग प्रवेश गर्न पुरुष नै क्रियाशील हुनु पर्दछ । यसकारण पुरुषले स्त्रीलाई पीडाको सट्टा आनन्दको अनुभूति हुने हरसम्भव उपायहरु सम्भोगक्रियाको सम्पादन गर्नु पर्छ । स्त्रीको जिम्मेवारी के हो भने उनले मिथ्या भ्रम तथा संकोच त्याग गरेर सुविधाजनक तवरबाट पुरुषलाई सहयोग गरुन्, स्त्रीले सम्भोगक्रीडाको दौरान आफ्नो मनमा लागेका कुराहरु तथा कति बेला कस्तो महसूस हुंदैछ यसको खुलासा गर्दै गएमा प्रथम सम्भोगमा पीडाबाट बच्न सकिन्छ ।

विवाहपछि पहिलो सम्भोग सुहागरातमा गर्नै पर्छ भन्ने अनिवार्यता छैन । अनुकूल परिस्थिति र स्त्रीको सहयोग पाएमा पहिलो, दोस्रो वा तेस्रो रात्रीमा सम्भोग गर्न सकिन्छ । तर, सम्भोग आनन्ददायी होस् भन्ने कुरातर्फ दुवैले ध्यान पु¥याउनु पर्छ ।

पीडारहित सफल सम्भोगका लागि पुरुषले प्रेमपूर्ण कुराकानीद्वारा स्त्रीको संकोच तथा डर हटाउनु आवश्यक छ । वार्तालाप मै स्त्रीलाई सम्भोग वा यौन सम्बन्धी ज्ञान भए नभएको बुझ्नु पर्छ । यदि उनी यसबारे केही जान्दिनन् भने यौन सम्बन्धी ज्ञानवद्र्धक पुस्तक तथा पत्रपत्रिका पढ्न दिनु पर्दछ । यसका साथै अंकमाल, चुम्बन तथा अन्य यौनक्रिडाबाट स्त्रीको मन बहलाउन पर्दछ  । यी यौनक्रिडाले स्त्रीको मन तथा शरीरमा आनन्द एवं उत्तेजना उत्पन्न भई उनको संकोचमा कमी आउँदछन् । यसबाट मानसिक डर कम गर्न सहयोग मिल्छ । स्त्री शरीरमा तनाव नहुंदा र उनी संकोचबाट टाढा भएपछि मात्र प्रथम सम्भोग गर्नु उपयुक्त हुन्छ ।

शारीरिक तथा मानसिक तनावमा लिंग सजिलै योनीभित्र प्रवेश गर्दैन र प्रवेश गरे पनि संकुचित योनीमार्गले यसलाई स्वाभाविक रुपमा ग्रहण गर्दैन । योनीका भित्ता संकीर्ण हुंदा लिंगले सहज रुपमा अगाडि बढ्ने मार्ग पाउंदैन । लिंगलाई अझ भित्र पु¥याउन आतुर पुरुषले पटक(पटक शक्ति लगाएपछि योनीमार्गमा घाउ हुन्छ । यसबाट स्त्रीले पीडा अनुभव गर्न थाल्छिन् । पुरुषले प्रतिरात र पटक(पटक सम्भोग गर्ने प्रयास गरेपछि योनीका घाउ पुरिंदैनन्, फलस्वरुप दुःखाई अझ बढ्दै जान्छ ।

प्रथम सम्भोगका बेला स्त्रीले आफूलाई तनाव मुक्त पारेर शरीरलाई सहज अवस्थामा छाडि दिनु पर्छ । यसो गरिएमा लिंगको प्रवेश योनीभित्र सरल रुपमा हुन्छ । योनीमा घाउ हुने सम्भावना पनि हुंदैन । यसरी स्त्रीले प्रथम सम्भोगका पीडा भोग्नु पर्दैन । सबै स्त्रीको योनीको बनोट एकसमान हुंदैन । अतः पुरुषले सम्भोग क्रिडाका दौरान औंलाबाट छामेर स्त्रीको योनीको बनोट थाहा पाउनु पर्छ । कौमार्य झिल्ली छ वा छैन भने के कस्तो किसिमको छ यो जानकारी योनीमा लिंग प्रवेश गराउने बेला सहायक हुन्छ ।

कुनै पनि स्त्रीले रात्री वा दिनको प्रकाशमा प्रथम सम्भोग गराउन मन पराउँदैनन् । यस्तो गरिएमा उनको लाज एवं संकोच अझ ठूलो बाधा बन्न पुग्छ । यसकारण स्त्रीको इच्छा अनुसार मधुरो उज्यालोमा वा अंध्यारोमा गर्नु पर्छ । सामान्य रुपमा प्रथम सम्भोग स्त्रीलाई मुनि पारी पुरुषले माथिबाट गर्नु उपयुक्त हुन्छ । स्त्रीको कम्मर मुनि कोमल सिरानी राखेर योनीलाई उचालेर राख्नु पर्दछ जसले गर्दा लिंग प्रवेशमा सजिलो हुन्छ । प्रथम सम्भोगपछि योनीमा लिंग प्रवेश जुनसुकै कोणबाट गर्न सकिन्छ किनभने त्यसपछि लिंगले योनीभित्र प्रवेश गर्न अप्ठ्यारो हुंदा स्त्रीले पुरुषलाई सहयोग गर्नु पर्छ । उनले स्त्रीको यस्तो सहयोग प्रथम सम्भोगको सफलताको प्रभावकारी एवं सुखद् आधार बन्न पुग्छ । स्त्रीको यस्तो सहयोगले उनीलाई कौमार्य झिल्ली फाट्नुको पीडाबाट पनि जोगाउँछ ।

(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments