आफ्नो मिर्गौलाको समस्याबारे पाँच वर्षअघि नै पल्पसाले थाहा पाएकी थिइन् । साथीभाइ कसैलाई पनि उनको यो समस्याबारे थाहा थिएन । आमाबुबा, दुई छोरी सबैबाट रोग लुकाइन् । उनी एक्लै यो रोगको उपचार गराइरहेकी थिइन् । आफूलाई युरिक एसिडको समस्या रहेको भन्दै खानेकुरा बार्ने गर्थिन् । सुटिङमा चिल्लो पिरो खाँदिन थिइन् । कहिले डाइटिङ त कहिले युरिक एसिडको बिरामी भन्दै चिल्लो पीरो नखाइ, आफै साग पकाएर खान्थिन् ।
दुई महिनायता पल्पसालाई मिर्गौला गाह्रो बनायो । सास फेर्न गाह्रो हुने, खाना रुचि नहुने अनि वान्ता भइरहने भएपछि उनलाई अस्पताल ल्याइएको पल्पसाका भाई अज्जुले बताउँछन् ।
दस दिनदेखि अस्पतालमा भर्ना भएकी उनको आज विहिवार पनि डाइलासिस गर्ने र राम्रो भएको अवस्थामा केहि दिन भित्र नै डिस्चार्ज हुने समेत अज्जुले बताउका छन् ।
दुई दिनदेखि उनको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको छ । खान र सुत्न त्यति गाह्रो छैन । कलाकार पल्पसा डंगोलका लागि परिवारबाटै करिव पाँच जना मिर्गौला दिन तयार भएको समेत उनले बताएका छन् । मृगौंला प्रत्यारोपणका लागि तीन जनाको स्वास्थ्य परीक्षण भइरहेहुँको र सो कुराले पल्पसा डंगोलको अनुहारमा आत्माविश्वार देखिन थालको समेत अज्जुले कीर्तिअनलाईनलाई बताएका छन् ।
दुई छोरीकी आमा ४५ वर्षीया पल्पसाले प्रतिद्वन्द्वी, भरोसा, मेरी बास्सै लगायतको टेलिश्रंखलामा अभिनय गरेकी छन् । दृष्टि टेलिश्रंखलाको १६२ उनले निर्देशन गरेकी हुन् । सानैदेखि नृत्यमा रुचि राख्ने डंगोल म्युजिक भिडियोहरु पनि अभिनय गरेकी छन् । कुनै बेला ठूलो नृत्यांगना बन्ने सपना बुन्थिन् । तर उनी अभिनयतिर सक्रिय भइन् ।
सानैदेखि कीर्तिपुरमा नृत्य प्रस्तूत गर्दै आएकी पल्पसा डंगोलले नेवाः समुदायका विभिन्न कार्यक्रममा पनि सक्रिय हुदै अभिनय समृेत गर्दै आएका छन् ।
कीर्तिपुरको पांगामा जन्मिएकी पल्पसाले नेपालको दोस्रो मिस नेपालमा उत्कृष्ट पहिरनको अवार्ड जितेकी थिइन् ।
कति युट्यूब चलाउनेहरुले आफ्नो नाममा आर्थिक सहयोग लिन थालेको कुरा आएको बताउदै पल्पसा डंगोलले त्यस्तो नगर्न नउठाउन अनुरोध गरेको भाई अज्जुले कीर्तिअनलाईसंग कुराको क्रममा बताउनु भयो ।

0 Comments
Thanks for your concerns