यौनका कुरा
– प्रस्तुती ः नविना राई
पुरुषत्वको संकेत हातको औँलाबाट
माझी औंला र साहिली औंलाको लम्बाइले पुरुषको ताकतबारे जनाउने खोजकर्ताहरूले जनाएका छन् । जर्नल प्रोसिडिंग्स अफ द रोयल सोसाइटी बी ः बायोलोजिकल साइन्समा प्रकाशित भएको हो । युनिभर्सिटी अफ भियनाका अनुसन्धानकर्ताहरूले यसमा अध्ययन गरेका हुन् ।
यसअघिका अध्ययनहरूमा भने चोर र साहिली औंलाको अनुपातले वयस्क पुरुषको गुणबारे मात्रै उल्लेख गरेको थियो । अनुसन्धानले बच्चाले गर्भावस्थाताका प्राप्त गरेको पुरुष हार्मोनको स्तरमा दुवै औंलाको अनुपात निर्भर गर्ने देखाएको थियो । अनुसन्धानअनुसार अनुहारको विशेषता, मर्दपनाको संकेत र जीवन चक्रमा त्यसले धरै अघि संकेत दिइसकेको हुन्छ ।
यदि कुनै बालकको माझी औंलाको लम्बाइ साहिली औंलाभन्दा कम छ भने यसको संकेत हो, जन्मभन्दा अगाडि ऊ उच्च टेस्टेस्टोरोनको सम्पर्कमा आएको मान्न सकिन्छ । यदि यस्तो हो भने त्यो बालकको अनुहार उमेर अगावै वयस्क जस्तो लाग्नेछ । अध्ययनअनुसार बच्चा जन्मनुअघि टेस्टोस्टेरोनले अनुहारमा निर्णायक प्रभाव पार्छ । यसले उसको यौनअंग र औंलासँगै बाँकी रहेको शरीरको अंगको समेत निर्धारण हुन्छ । अनुसन्धान अनुसार दुवै औंलाबीचको अन्तर जति कम हुन्छ त्यति नै पुरुषको अनुहार कडा र मर्दपनाले भरिएको देखिन्छ ।
अनुसन्धानका लागि चारदेखि ११ वर्ष उमेरसम्मका १७ केटाहरूलाई प्रयोग गरिएको थियो ।
महिला र पुरुषको यौन स्वभाव किन फरक हुन्छ ?
महिला र पुरुषको अन्य स्वभाव मात्र फरक हुँदैन, यौन सम्बन्धको मामिलामा पनि उनीहरूको मनोवृत्ति भिन्नभिन्न हुन्छ । अनुसन्धाताहरूले २ हजार ५ सय महिला र १ हजार ९ सय पुरुषमा अध्ययन गर्दा पाएको निष्कर्षमा पुरुषको शरीरले यौन उत्तेजना अनुभव गरेपछि सधैं प्रतिक्रिया दिन्छ, तर यस्तो तत्काल प्रतिक्रिया केही महिलामा मात्र हुन्छ ।
यस्तो किन हुन्छ भने पुरुषको शारीरिक र मानसिक प्रतिक्रिया एकअर्कासँग धेरै मेल खान्छन् । महिलामा भने शरीर र मनबीच परस्पर विरोधाभास पाइन्छ । महिला ढिलो गरी उत्तेजित हुनुको एउटा ठूलो कारण यो पनि हो भन्ने खोजकर्ताहरूको निष्कर्ष रहेको छ ।
आइफोनले यौन क्षमता पत्ता लगाउने
यौनसम्पर्कका बेला पुरुष वा महिला दुवैले आफ्नो यौन दक्षता प्रस्तुत गर्दै यौन सुख दिने विभिन्न उपाय अपनाउँछन् । उनीहरू यौनक्रियाका बेलामा आफ्नो यौन दक्षता कस्तो रह्यो वा आफ्नो यौन साथीको यौन दक्षता कस्तो थियो भन्ने कुरा पनि जान्न उत्सुक हुन्छन् । यद्यपि उनीहरू यौनक्रियाको दक्षता पत्ता लगाउन असमर्थ रहन्छन् । तर, अब यौनसम्पर्कका बेला आफ्नो यौन दक्षताको मूल्यांकन गर्न सकिने एक अनुसन्धानले देखाएको छ । प्रविधिमा आएको परिवर्तनका कारण मानिसको त्यस्तो दक्षता थाहा पाउन सकिने भएको हो । आइफोनबाट प्यासन नामक सफ्टवेयरको मद्दतले यौनसम्पर्कका बेला आफ्नो यौनकलाका बारेमा जान्न र आफ्नो तथा पार्टनरको क्षमता मूल्यांकन गर्न सकिन्छ । यौनकलाको मूल्यांकन गर्ने इच्छा लाग्यो भने आइफोनमा भएको प्यासनयुक्त सफ्ट्वेयर यौनक्रीडास्थल वा छेउमा राख्नुपर्छ । यसलाई घाँटीमा भिर्न वा पेटीको सहयोगमा कम्मरमा पनि बाँध्न सकिन्छ । प्यासन सफ्टेवयरले तीनवटा आधारमा यौनक्रियालाई मूल्यांकन गर्छ । आइफोनबाट एस्सिलरोमिटर तथा माइक्रोफोनको माध्यमबाट व्यक्तिको यौनक्रियाको मूल्यांकन हुन थाल्नेछ । आइफोनमा भएको प्यासनयुक्त सफ्टवेयरको मद्दतले आफ्नो यौनक्रिया राम्रो, अति राम्रो, खराब वा अति खराब के छ थाहा पाउन सकिन्छ ।
एचआईभी रोक्ने तत्व पत्ता लाग्यो !
चिनीयाँ अनुसन्धानकर्ताले एचआईभी रोक्न सक्ने तत्व फेला पारेको र यौन सम्पर्कका समयमा एड्स सर्न नदिन यसलाई जेलका रुपमा विकास गर्न सकिने बताएका छन् ।
युनिभर्सिटी अफ हङ कङ को एड्स इन्स्टिच्युटका निर्देशक झिवेइ चेनले टीडी– ०६८० नाम गरेको यो तत्वमा यौन सम्पर्क गर्दा सङ्क्रमण हुन सक्ने एचआईभी रोक्ने क्षमता उत्साहजनक देखिएको बताउनु भयो । यसलाई जेलका रुपमा उपयोग गर्न सकिने छ । चेनले यसले महिलालाई आफूमा यो रोग सर्न नदिन वैकल्पिक उपाय उपलब्ध गराउन सक्ने पनि उल्लेख गर्नु भयो । चीनमा असुरक्षित यौन सम्पर्क ९० प्रतिशत एड्स लाग्नुको कारण बनेको छ । ३पुराना अंकबाट
(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)
0 Comments
Thanks for your concerns