शंखरापुरमा मेयर, कागेश्वरी मनोहरामा उप मेयर नेकपाको केन्द्रिय सदस्यमा नियुक्त




लावण्य/साँखु । शंखरापृुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिकाका उप मेयर विन्दु पुडासैनी सिम्खडा नेकपाको केन्द्रिय सदस्यमा नियुक्त हुनुभएको छ ।

उहाँहरु दुवै जनाको नियुक्ति यही पौष ५ गते संसदको विघटन गरिएपछि पौष ७ गते बालुवाटरमा बसेको केन्द्रिय समितिको बैठकबाट भएको हो ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले मुलुकभर नेकपाले जितेको स्थानका मेयर वा उपमेयर मध्ये आफू नजिककालाई केन्द्रिय सदस्यमा मनोनित गर्नुभएको हो ।

नेकपामा यस अघि ४ सय ४६ जनाको केन्द्रीय कमिटि रहेकोमा अब १ हजारमा १ सय ९९ जनाको केन्द्रिय समिति हुने भएको छ । पौष ७ गते ५ सय ५६ जना केन्द्रिय सदस्य थप गरिएपनि १ सय ९७ जना पछि थप गर्ने गरि केन्द्रिय समिति विस्तार गरिएको थियो ।

Post a Comment

0 Comments