प्रदेश सांसद मणिराम फुयाल र बुद्धभक्त चित्रकार नेकपाको केन्द्रिय सदस्य नियुक्त




लावण्य/साँखु । काठमाडौँ क्षेत्र नं. २ का प्रदेश सांसद मणिराम फुयाल र नेकपा (नेकपा) बागमती प्रदेश सदस्य बुद्धभक्त चित्रकार नेकपाको केन्द्रिय सदस्यमा नियुक्त हुनुभएकोछ  ।

उहाँहरु दुवै जनाको नियुक्ति यही पौष ५ गते संसदको विघटन गरिएपछि पौष ७ गते बालुवाटरमा बसेको केन्द्रिय समितिको बैठकबाट भएको हो ।

सो बैठकबाट अधिकांश आफू नजिकका संघीय सांसद, प्रदेश सांसद, मेयर, उपमेयर, गाविस अध्यक्ष वा उपाध्यक्ष लगायतका जनप्रतिनिधिहरुबाट केन्द्रिय समितिमा मनोनित गरिएको हो ।

नेकपामा यस अघि ४ सय ४६ जनाको केन्द्रीय कमिटि रहेकोमा अब १ हजारमा १ सय ९९ जनाको केन्द्रिय समिति हुने भएको छ । पौष ७ गते ५ सय ५६ जना केन्द्रिय सदस्य थप गरिएपनि १ सय ९७ जना पछि थप गर्ने गरि केन्द्रिय समिति विस्तार गरिएको थियो ।



Post a Comment

0 Comments