सरकारको नयाँ उर्दी पालना हुन कठीन



विश्वभरका सरकारहरूले बन्दाबन्दीलाई हटाउने वा खुकुलो बनाउने अभ्यासमा लागे पनि विश्व स्वास्थ्य संगठनले भने शुक्रवार कोभिड१९ को महाव्याधि बढिरहेकोतर्फ सावधान गराएको संसारभर शुकवारमात्रै एक लाख ५० हजार नयाँ संक्रमित थपिएका छन् भने शनिवार पनि एक लाख हजार सय ५७ नयाँ संक्रमित थपिएका छन् संसारका ८१ वटा मुलुकमा संक्रमण बढ्ने क्रममा नेपालमा पनि संक्रमण मुक्त हुनेभन्दा संक्रमित हुने संख्या अनुपातमा निकै बढी
सम्भवतः यही कारणले नेपाल सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन जनसाधारणलाई पुनः आग्रह गरेको हुनुपर्छ बाहिर निस्कनै परे पनि मास्कको अनिवार्य प्रयोग गर्न, भीडभाड नगर्न भौतिक दूरी कायम गर्न पनि जनतालाई आग्रह गरिएको पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकामा संक्रमित भेटिने क्रम बढ्न थालेपछि गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्ने सुरक्षा मापदण्ड, २०७७ जारी गरेर अत्यावश्यक काममा बाहेक राति १० बजेदेखि बिहान बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाएको लाग्छ, नेपाल सरकारले (कोरोना भाइरस) कोभिड१९ को जोखिम बल्ल बुझ्न थालेको
गाउँघरमा जनसाधारण सरकार जति पनि सावधान देखिँदैनन् खेतीको बेला हुनाले उनीहरूलाई सामाजिक दूरी कायम गर्न विशेषगरी एकै ठाउँमा भेला नभई काम चल्दैन सहरका गरिबलाई पनि तीन महिनासम्म बेरोजगारी बस्नु पर्दा गुजाराको समस्या भइसकेको हुनुपर्छ उद्योग व्यवसाय पनि सञ्चालन नगरे अर्थतन्त्र उठ्नै नसक्नेगरी थला पर्ने अवस्थामा पुग्ने हुनाले अब रोक्न सकिने अवस्था छैन अर्कातिर विश्व स्वास्थ्य संगठनले चेतावनी दिँदै भनेका छन्संसार नयाँ तर भयावह चरणमा प्रवेश गरेको घरमा बस्दाबस्दा धेरै जना आजित भइसकेका छन् राष्ट्रहरू पनि समाज अर्थतन्त्र खुलाउनका लागि आतुर देखिन्छन् तर, भाइरस अझै तीव्र गतिमा फैलँदै नेपालमा अहिलेसम्म संक्रमितको कुल संख्या हजार सय पुगेको भने यो महामारी ७५ जिल्लामा फैलिइसकेको
काठमाडौंमा पनि दिनहुँ संक्रमित थपिन थालेका छन् नमुना संकलन नै अत्यन्त कम भएको संकलन गरिएका स्वाबको परीक्षण पनि निकै ढिलो भएकाले नेपालमा महामारीको यथार्थ चित्र सरकारी विवरणबाट प्राप्त नहुनसक्छ तर, त्यसबाहेक अहिले अरू कुनै पनि आधार देखिएको छैन सरकारले भने नीति योजना बनाउँदा त्यही अधुरो विवरणमा पनि ध्यान दिने गरेको देखिँदैन काठमाडौं उपत्यका प्रवेशमा कडाइ गर्ने तर संक्रमण बढ्दै गएको उपत्यकाबाट बाहिर जान खुकुलो गर्ने सरकारको नीति यसैको उदाहरण हो दुवैतिर आवतजावत रोक्ने हैन आउनेजानेहरूको विवरण राखी तिनलाई आवश्यकताअनुसार घरैमा बस्न लगाउने व्यवस्था मिलाउनुपर्छ निषेध गर्दा जनताले ढाँटछल गर्ने संक्रमण झन् फैलने हुँदो रहेछ भन्ने भारतबाट प्रवेश रोकेकै बेला थाहा भइसकेको हो नि बन्दाबन्दीको (लकडाउन) अवधिलाई सरकारले सत्ताको खेलमा खेर फालेकाले अहिले जनता विश्वास गर्न तयार छैनन् भने सरकार स्वयं शिथिल देखिन थालेको विश्व स्वास्थ्य संगठनका महानिर्देशकले देखेको भन्दा नेपालमा सरकारमाथि विश्वासको संकट थप गम्भीर समस्याका रूपमा देखिएको जनसाधारणका अप्ठेराहरूलाई सजिलो बनाउन सहजीकरण नगर्ने तर समस्या देखिनेबित्तिकै निषेध गर्न तम्सिने सरकारी प्रवृत्तिले अहिले विश्वासको संकट निम्त्याएको हो

Post a Comment

0 Comments