लावण्य/साँखु । लक डाउनका कारण समस्यामा परेकाहरुलाई अहिलेसम्म २ हजार १ सय २४ परिवारलाई शंखरापुर नगरपालिकाले राहत वितरण गरेको छ ।
नगरपालिकाद्वारा प्रकाशित विज्ञप्ती अनुसार सरकारले गरेको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरि खाने र विपन्न परिवारलाई वडाबाट नाम संकलन गरि राहत वितरण गरिएको थियो ।
नगरपालिकाले दिएको जानकारी अनुसार वडा नं. १ मा ८२, वडा नं. २ मा १ सय १८, वडा नं. ३ मा ७९, वडा नं. ४ मा ७१ र वडा नं. ५ मा ३ सय ३२ परिवारलाई राहत वितरण गरेका छन् ।
त्यसैगरी वडा नं. ६ मा ४ सय २१, वडा नं. ७ मा ४ सय ९३, वडा नं. ८ मा ९० र वडा नं. ९ मा ३ सय ४७ जनालाई राहत वितरण गरिएको छ ।
नगर स्तरीय विपद् व्यवस्थापन समिति मार्फत विभिन्न दाताहरुबाट सहयोग लिइ राहत वितरण गरिएको र नपुग रकम नगरपालिकाले तत्कालको लागि व्यहोरेको थियो ।
प्रकाशित मिति १६ बैशाख २०७७
0 Comments
Thanks for your concerns