सरकारको दुई वर्ष देशका लागि दूर्भाग्यपूर्ण ः बाबुराम


लावण्य÷साँखु । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको दुईवर्ष देशका लागि दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्नुभएको छ ।
पार्टीको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरु समायोजन घोषणा कार्यक्रममा डा. भट्टराईले उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै बितेको दुई वर्षमा जनताले केही पनि नपाएको बताउनुभयो । दुई तिहाइको बहुमत प्राप्त सरकारले सामाजिक, राजनीतिक र विकास परिवर्तनको क्षेत्रमा छलाङ मार्ने गरी काम गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो ।
भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका क्षेत्रमा सरकारले गर्न सक्ने काम समेत नगरेको भट्टराईको आरोप छ । भ्रष्टाचार, नातावाद कृपावाद र आपसी झै—झगडाका कामहरु समेत सरकारले गरेको भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले अहिलेको सरकारको भविष्य सकिएको टिप्पणी गर्नुभयो ।
अर्को निर्वाचन आउँदासम्म देश नयाँ ध्रुविकरणमा जाने भन्दै उहाँले त्यसको तयारीमा लाग्न जिल्ला कमिटीहरुलाई निर्देशन दिनुभयो ।

Post a Comment

0 Comments