
आफ्ना सदस्यहरुलाई छिटो, सरल, विश्वसनीय, उच्चस्तरीय सेवा दिने प्रतिवद्धता अनुसार क्यूआर कोड बैँकिग सेवाको सुरुवात गरिएको हो ।
संस्थाले यस अघि मोवाईल बैंकिग सेवा, एसएमएस सेवा, एटिएम सेवा, मिस्डकल बैँकिग सेवा प्रदान गर्दै आएको छ ।
सहकारी संस्थालाई समय अनुसार प्रविधिमैत्री बनाउने र सदस्यहरुलाई सरल, सहजरुपमा सहकारी सेवा दिने उद्देश्यले नयाँ सेवा सुभारम्भ गरिएको जानकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक विकल्प पाठकले दिनुभयो ।
संस्थाले पौष २३ गते बुधवार पिपुल्स लाईफ केयर अस्पताल साँखुबाट क्यूआरकोड पेमेन्ट सिस्टमको सेवा शुभारम्भ गरेको हो । अब नेचुरल सहकारीका सदस्यले नेचुरल स्मार्ट एपको प्रयोग गरी रु. ५ देखि ५० हजार सम्मको भुक्तानी क्यूआर कोड मार्फत गर्न सक्नेछन् ।
नेचुरल सहकारीको क्यूआर कोड सेवा अस्पताल, स्कुल, होटल, रिसोर्ट, किराना पसलहरुमा जहाँ क्यूआर कोड लिएको हुन्छ त्यहाँ यस कोडमार्फते पेमेन्ट गर्न सक्नेछन् । यसरी क्यूआर कोड मार्फत् पेमेन्ट गर्दा ग्राहकले विभिन्न ठाउँमा ठाउँ अनुसारको डिस्काउन्ट पाउनेछन् ।
नेचुरल सहकारीले जोरपाटी, सदस्य सेवा केन्द्र साँखु, सदस्य सेवा केन्द्र नयाँ बजार र सदस्य सेवा केन्द्र काँडाघारीबाट सेवा प्रदान गर्दै आएको छ ।
0 Comments
Thanks for your concerns