ब्याक्टेरियाबारे अनौठो तथ्य


बेलायतको न्युक्यासल विश्वविद्यालयका वैज्ञानिकहरूले माटोमा पाइने ब्याक्टेरियाले सुँघ्न सक्ने र हावाको एमोनियालाई प्रतिक्रिया दिन सक्ने तथ्य फेला पारेका हुन् । बायोटेक्नोलोजी जर्नलमा प्रकाशित तथ्यअनुसार मानवीय पञ्च ज्ञानेन्द्रियमध्ये ब्याक्टेरियामा चारओटा हुने पाइएको छ । ब्याक्टेरियाले यसअघि नै प्रकाशसूग प्रतिक्रिया जनाउने, दृश्यशक्ति र जिन परिवर्तनको क्षमता प्रदर्शन गरिसकेको छ । त्यस्तै केही पदार्थसँग छँुदा प्रतिक्रिया दिएको अनुसन्धानकर्ताले जनाएका छन् । तर, रासायनिक प्रतिक्रिया र सुँघ्ने शक्तिमा जीवनहरूबीच फरक रहेको अध्ययनका लेख रेइनडर्ट निजल्यान्डले बताए । ‘सुँघ्ने तत्व संयन्त्र दुवैमा फरक छ,’ नेदरल्यान्डको युनिभर्सिटी मेडिकल सेन्टर उटे«चका उनले भने, ‘सूँघ्ने जीवले पहिचान गरेका तत्व सामान्यतः अरू चिजभन्दा अस्थिर हुन्छन् । यो चिनी र नुनबाट परीक्षण गर्न सकिन्छ ।’ ब्याक्टेरियामा अपेक्षा गरेभन्दा बढी क्षमता रहेको उनले बताए । ब्याक्टेरियाले रसायनहरू पहिचान गर्न र अरू ब्याक्टेरिया वा खानाका लागि प्रतिस्पर्धीको उपस्थिति देखाउन ज्ञानेन्द्रिय प्रयोग गरेका थिए ।

Post a Comment

0 Comments