काठमाडौँ २ प्रदेश ख बाट राप्रपाका राजु विष्ट र क बाट सुनिल केसी विजयी







७ मंसिर २०७९, बुधवार

लावण्य/साँखु । यही मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ को प्रदेश सभा तर्फको चुनावमा प्रदेश ख तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु विष्टले १२१६३ र प्रदेश क तर्फ सोही पार्टीका सुनिल केसीले ६५९८ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रदेश ख तर्फ राजु विष्टले १२१६३ मत प्राप्त गरेर विजयी हुनुभएको थियो भन उहाँका निकटतम प्रतिद्वन्द्वि शंखरापुर नगरपालिकाका पूर्व मेयर सुवर्ण श्रेष्ठले ९०९० मत र गठबन्धनका उम्मेदवार भरत प्रसाद फुयालले ८०१५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी हाम्रो नेपाली पार्टीको अशोक खड्काले २८४९, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद भट्टराईले ४३५, मौलिक जरोकिलो पार्टीका पुष्पराज अधिकारीले १३५, कृष्ण कार्कीले ७२, युधिष्ठिर बानियाले ४८, मदन बहादुर ठकुरीले ४०, लक्ष्मण ढकालले ३९, धु्रव प्रसाद पुडासैनीले १९ मते प्राप्त गरेका थिए ।

संघीयता खारेज पहिलो मुद्दा– राजु विष्ट

जीतपछिको पहिलो सम्बोधनमा प्रदेश सभा सदस्य राजु विष्टले भन्नुभयो– “आफू कहिल्यै विचलित नहुने र पार्टीको लाईनभन्दा दायाँबायाँ नगर्ने बताउँदै संघीयता खारेजको लागि पहिलो बैठकमै पहल गर्ने बताउनुभयो । साथै उहाँले आफूलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।”


प्रदेश क तर्फ सुनिल केसीले ६५९८ मत प्राप्त गरेर विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका सानुकुमार श्रेष्ठले ५०७९ मत प्राप्त गर्नुभएको थियो ।

सो प्रदेशमा नेपाली काँगे्रसका धु्रब केसी पेन्टलले ३८४७, नेपाल आमा पार्टीका खगेन्द्र राज बस्नेत १४४३, हाम्रो नेपाली पार्टीका राजकुमार तिमिल्सिना ९२३, नेमकिपाका कमलबहादुर डंगोलले १९४, गुणराज प्याकुरेलले १३०, यज्ञ बहादुर बरारले ३९ मत प्राप्त गर्नुभएको छ ।

जीतपछिको पहिलो सम्बोधनमा प्रदेश सभा सदस्य सुनिल केसीले भन्नुभयो– “चुनाव अगाडि गरिएको प्रतिवद्धता र घरदैलोका क्रममा दिएका वचनवद्धताको पूर्ण पालना गरी आफुले व्यक्त गरेका प्रतिवद्धता पूरा गर्ने बिश्वास दिलाउन चाहन्छु ।”

Post a Comment

0 Comments