जापानिज भासा सिक्न उपयोगी अप हरू

आजको युगमा स्मार्टफोन एउटा नभई नहुने आवश्यकता जस्तै भइसकेको छ भने यसमा समस्या पनि नभएका होइनन् । फेसबुक, ट्विटर र इन्सटाग्रामजस्ता सामाजिक सञ्जालको प्रयोग पनि यसमा सजिलै गर्न सकिने भएका कारण स्मार्टफोनप्रतिको मानिसहरुके आकर्षण बढ्दो छ । स्मार्टफोनमा प्रयोग गरिने कतिपय एप्लिकेशनहरु हाम्रा लागि सहयोगी पनि हुन्छन् । आजको लेखमा यस्तै सहयोगी एप्सका बारेमा केही जानकारी प्रस्तुत गर्ने हाम्रो तयारी रहेको छ । आज जापानी भाषा पढ्न सिकाउने सहयोगी एप्सका बारेमा केही जानकारी दिने प्रयास छ यि मध्ये धेरै एपको प्रयोगमा कुनै शुल्क लाग्दैन ।१.फल्याशकार्डः एन्किएन्कि भोक्यावलरीको लागि सर्टकट माध्यम हो । एन्किले कान्जी इम्पोर्ट गर्ने र लोकप्रिय पाठ्यपुस्तव वा जेएलपीटी सूचीबाट भोक्याबलरी डेक्स गरेर त्यसलाई फ्ल्याशकार्डमा परिवर्तन गर्ने अनुमति दिन्छ । यसमा अडियो पनि उपलब्ध छ भने थप रमाइलो परिस्थीतिको सृजना गर्न हाँसोउठ्दो खालका तस्वीरहरु पनि उपलब्ध छन् । फ्ल्याशकार्ड दिइएपछि कुनै एउटा उत्तर सोच्ने र कार्डमा क्लिक गर्ने । त्यसपछि तपाइ आफैैंले अगेनबाट इजिमा मार्क गर्न सक्नुहुन्छ । कार्ड विकल्पको सूचीसहित बारम्बार प्रस्तुत भइरहन्छ । साथै आफ्नै डेक निर्माण गर्न सक्षम भइसकेपछि एन्कि उत्तर टाइमर र प्रश्न उत्तर परिवर्तन गर्न पाउने क्षमताजस्ता उपयोगी फिचर पनि यसमा उपलब्ध हुन्छ । यो चाहिँ खान्जि पढ्ने वा यसको शब्दाबली लेख्न सक्ने बन्नेमध्ये एउटा विकल्प छान्ने बेलामा बढी उपयोगी हुन्छ । एन्किलाई एप, अनलाइन वा डेस्कटप भर्सनमा पनि प्रयोग गर्न सकिन्छ । डेक्स निर्माण गर्दा डेस्कटप भर्सनमा सजिलो हुन्छ र यसलाई आफ्नोृ डिभाइसमा सिन्क गर्न पनि सकिन्छ । आइओएस प्रयोगकर्ताले भने यसको रकम तिर्नु त पर्छ तर तपाइले तिरेको रकम खेर भने जाँदैन ।– यो आइफोन र एण्ड्रोइड फोनमा उपलब्ध छ ।२.द सेन्सेईः तेइ किम्स गाइड टू लर्निङ जापानीजयो एप कुनै तालिका पछ्याउन चाहने तर व्याकरणमा रुमलिरहेका आफैं पढ्ने विद्यार्थी र कक्षामा दिइएका उदाहरणबाटै अर्थ बुझ्न सक्षम जापानी भाषाप्रति रुचि राख्ने विद्यार्थीका लागि बढी उपयोगी छ । यसमा अर्थपूर्ण उत्तर, स्पष्ट र राम्रो व्याख्या, व्यवस्थित पाठ, कन्जुगेशन टेबल र यहाँ पहिलो पाठका लागि बेसिक व्याकरणका केही उदाहरण पनि प्रस्तुत हुन्छन् । उदारहणमा प्रयोग गरेर दिइएको शब्दाबली खान्जि र अंग्रजी अर्थसहित प्रस्तुत हुन्छन् । यी सबै खान्जिहरु क्लिक गर्न मिल्ने खालका हुने भएकाले तपाइलाई आफ्नो डिक्सनरी हेरिराख्नु पर्दैन । यो गेम एप होइन र यो तपाइको स्मरणशक्ति बढाउनका लागि पनि होइन । तर साँच्चै केही सिक्न चाहनुहुन्छ भने चाहिँ यो एप उपयोगी एप हो ।– यो आइफोनमा मात्रै उपलब्ध छ ।३. द क्विजमाष्टरः ओबेन्क्योकुनै एप खोल्नेवित्तिकै तपाइलाई मनपरेको छ भने यो एप त्यहि सूचीमा पर्न सक्छ । यसलाई कसरी प्रयोग गर्ने होला भन्ने अन्योल छ भने स्क्रिनमा स्वाइप गरेर पनि हेर्न सकिन्छ । यो एप फ्रेन्चमा पनि उपलब्ध छ । यसमा काताकाना र हिरागानाको वेसिकदेखि खान्जिको एडभान्स कोर्स यसमा उपलब्ध छ । साथै यसले मल्टिपल च्वाइसदेखि टच स्क्रिन राइटिङ (अंग्रेजी र जापानी भाषाका उत्तर विकल्पसहित) लगायतका विभिन्न माध्यमबाट तपाइको परिक्षा लिइन्छ ।खान्जि सूची जेएलपीटी लेभलका आधारमा प्रदर्शन हुन्छ जसले तपाइलाई परिक्षाको तयारी गर्न सहयोग गर्छ । यसमा शब्दाबलीको सुलभ सूची, डिक्सनरीमा जस्तै शब्दको वर्गिकरण लगायत यसमा उपलब्ध छन् । यसले तपाइको लेखाइको तरिकालाई पनि सहि बनाउँछ । यदि यसले गल्ती पहिचान गर्न सकेन भने तपाइले यसलाई भन्न सक्नुहुन्छ र यसैअनुरुप तपाइको स्कोर समायोजन हुन्छ । यस एपले तेइ किमको व्याकरण रिफरेन्स पनि इम्पोर्ट गरेको छ ।– यो एण्ड्रोइडमा मात्रै उपलब्ध छ ।४.द कम्युनिटिः लाङ–८ हाइनेटिभ–ल्याङ्ग्वेज लर्निङ क्यूएण्डएहाइनेटिभ ल्याङ्ग्वेज लर्निङ नेटिभ स्पिकरहरुले उनीहरुको भाषा सिकिरहेकाहरुले गरेको एण्ट्रीलाई एडिट गर्ने ठाउँ हो । यसमा लेखिने कण्टेण्ट जे पनि र आफूलाई सहज हुने जति नै लामो वा छोटो जुन पनि हुन सक्छ । यो रेसिप्रोकेशनमा निर्मित समुदाय भएकाले यसमा फिड्ब्याक र सुझाव पनि प्रशस्तै आउँछन् र यसमा केही मित्रताका प्रस्ताव पनि आउन सक्छन् । हाइनेटिभ भाषा सिक्नका लागि एकदमै सफल वेवसाइट लाङ–८, का निर्माताहरुले नै बनाएका हुन् ।– यो आइफोन र एण्ड्रोइड फोनमा उपलब्ध छ ।५.द डिक्सनरीजः इमिवा?जापानका विदेशी आइफोन प्रयोगकर्तामाझ लोकप्रिय इमिवा? अफलाइन डिक्सनरीको जस्तै काम गर्छ जसले शब्द खोजीमा विविध उपायहरु उपलब्ध गराउँछ । यसमा रोमाजि क्यारेक्टर वा जापानी क्यारेक्टरको प्रयोग मात्र नभई स्किप (सिष्टम अफ खान्जि इण्डेक्सिङ बाइ प्याटनर्स) को माध्यमबाट खान्जि हेर्न, मल्टि ¥याडिकल र चिनियाँ ¥याडिकल पनि हेर्न सकिन्छ । यो क्लिपबोर्डमा कपि गर्न र इमेल फङ्शनमा एक्सपोर्ट गर्न पनि सरल छ । यो अंग्रेजी पहिलो भाषा नभएकाहरुला लागि बढी उपयोगी छ । यसले फ्रान्सेली, स्पेनी, जर्मनी, इटालीयन रुसी भाषामा अर्थ र उदाहरण पेश गर्ने भएकाले यो सजिलो एप हो । यसमा क्लिपबोर्डमा कपि गरिएका टेक्सट स्वतः हेर्न सक्नु यस एपमा भएको अर्को प्रमुख फिचर हो । वेवसाइट ब्राउज गर्दा कुनै पनि शब्द बुझिएन भने त्यसलाई कपि गर्ने र इमिवा खोल्ने, परिणाम सजिलै देख्न सकिन्छ । तर यो एप जति पोलिस हुन पर्ने हो त्यति हुन भने सकेको छैन । यसमा नबुझेका खान्जि खोज्ने फङ्क्शन छैन ।– यो एप आइफोनमा मात्रै उपलब्ध छ ।६. द डिक्सनरीजः जापानीज (रेन्जो इङ्क)तीन डिक्सनरीजमध्ये जापानी डिक्सनरी डिजाइन र राम्रो र स्पष्ट इण्टरफेसका कारण पहिलो नम्बरमा पर्छ । प्रयोगकर्ताले के सोच्छन् भन्ने कुरा यो एपले बुझ्छ । यो खोल्नेवित्तिकै यसमा सर्च बार देखा पर्छ जसमा तुरुन्तै टाइप गर्न सकिन्छ । साथै यसमा हस्तलिखित खान्जि तत्व पनि हुन्छ र सर्च अप्शन स्किप गर्न पनि सकिन्छ । यी सबै एउटै पेजमा उपलब्ध हुन्छन् । यसमा सबै एण्ट्रीका लागि अडियो क्लिप उपलब्ध हुन्छन् र यसमा हिरागाना र खान्जि प्रयोग गरिएका उदाहरण पनि पेश गरिन्छन् । यो एन्कि जति उपयोगी चाहिँ छैन।– यो आइफोन र एण्ड्रोइड दुवैमा उपलब्ध हुन्छ ।७.द खान्जि किङ्गः कान्जि रिकगनाइजरयो एप सानो र सरल भएपनि यसको राम्रो पक्ष नै त्यहि हो । खान्जि रिकगनाइजर खान्जि लेख्न र यो पढ्न सिकाउने सरल एप हो । यसलाई पनि एन्किमा एक्सपोर्ट गर्न वा यसको प्रयोग कसरी भएको छ भनेर तुरुन्तै डिक्सनरीमा हेर्न पनि सकिन्छ । यो एप हस्तलिखित खान्जिको पहिचान गर्न निकै उपयोगी छ जतिखेर डिक्सनरी एपले निकाल्न नसकेको अर्थ निकाल्न सजिलो हुन्छ । यो विस्तृत व्याख्या नभई सरल अर्थ मात्रै खोज्न बढी उपयोगी छ ।– यो एप एण्ड्रोइडमा मात्रै प्रयोग गर्न सकिन्छ ।८. द ज्याक अफ अल ट्रेड्सःगूगल ट्रान्सलेटयो जापानी एप होइन तर लामा टेक्सटहरु अनुवाद गर्न र सामान्य अर्थ निकाल्न भने यो निकै उपयोगी छ । कहिले काहिँ तपाइको डिक्सनरी एपमा कुनै शब्द वा वाक्यको अर्थ फेला नपर्न सक्छ र तपाइले दोहोर्याएर चेक गर्नुुपर्ने हुन सक्छ । यतिबेला गुगल ट्रान्सलेट मूल्यवान् बन्छ । यसमा आफ्नो फोन क्यामराको प्रयोग गरेर शब्दहरु स्क्यान गरेर अनुवाद पनि गर्न सकिन्छ । साथै यसको अडियो सफ्टवेयरको पनि प्रयोग गर्न सकिन्छ ।– यो आइफोन र एण्ड्रोइड दुवैमा उपलब्ध छ ।९. द विगिनर टू विनरः ड्योलिङ्गोयसमा हिरागाना वा काताकानाको कुनै ज्ञानबिना नै पाठको थालनी गर्न सकिन्छ । ड्योलिङ्गोमा विगिनर लेभर पनि उपलब्ध हुन्छ । सबै पाठहरु रमाइलो क्याटागोरीमा विभाजन गरिएका हुन्छन् जसमा खानेकुरा र परिवार देखि संस्कृतिसम्म पर्छन् । साथै यसमा टोकियो २०२० गेम्सका लागि ओलम्पिक क्याटागोरी पनि उपलब्ध छ ।क्गाटागोरी पुरा भएपछि यसको तल पट्टी पावर बार उपलब्ध हुन्छ । केही समयपछि त्यो बार चल्न थाल्छ र तपाइले सो पाठको समिक्षा गर्न सक्नुहुन्छ । शब्दाबलीमा केन्द्रित भएर ड्योलिङ्गोले वाक्य संरचनालाई पनि ध्यानमा राख्छ । यो चलाउँदै जाँदा थप रमाइला पक्षहरु पनि आउँदै गर्छन् र विस्तारै तपाइले अंग्रेजी वाक्यलाई आफूले जापानी वाक्यमा अनुवाद गरिरहेको पाउनु हुनेछ । अतिरिक्त कुराका लागि ड्योलिङ्गो कम्युनिटिमा गएर सहयोग लिन सकिन्छ ।– यो एप आइफोन र एण्ड्रोइड फोन दुवैमा उपलब्ध छ ।१०.गभर्रमेण्ट एप्रुभ्डः वानिकानिवानिकानिमा जापानको शिक्षा मन्त्रालयले स्थापना गरेको जोयो खान्जि गाइडबाट लिइएका करीब २ हजारभन्दा बढी कान्जि र ६ हजार भन्दा बढी शब्दहरु छन् । यसमा पनि विभिन्न लेभल पार गर्नुपर्ने हुन्छ र यसको सिकाइ तपाइको घोक्ने क्षमतामा पनि निर्भर हुन्छ । यसको शुरुआत गर्नुअघि हिरागाना र काताकाना राम्रोसँग पढ्न सक्ने र बुझ्ने भयो भने सजिलो हुन्छ । यो व्याकरण सिकाउनका लागि बनाइएको एप होइन । वानिकानीको पहिलो चरण निःशुल्क सिक्न पाइन्छ भने त्यसपछिका लागि भने मासिक शुल्क तिर्नुपर्छ जुन एक कप रामेन नूडलको भाउ बराबर हुन्छ ।– यो एप आइफोन र एण्ड्रोइड मा उपलब्ध छ ।Via beingnp

Post a Comment

0 Comments