लावण्य÷साँखु । शंखरापुर नगरव्यापी शंखरापुर मेयर कप फुटबलको पहिलो संस्करणमा वडा नं. ९ ले सफलता हासिल गरेको छ ।
यही मंसिर २९ गते शनिवार सलम्बुटारको खेल मैदानमा भएको वडा नं. ९ र वडा नं. २ बीचको खेलमा वडा नं. ९ ले सफलता हासिल गरेको हो । उक्त खेल वडा नं. ९ ले
३–१ को गोल अन्तरले जितेको हो ।
यस अघि भएको सेमी फाईनल खेलमा वडा नं. २ ले वडा नं. १ लाई २–० को गोल अन्तरले हराएको थियो भने वडा नं. ६ र वडा नं. ९ बीचको खेल २–१ को स्थिति रहँदा खेलको ६१ औँ मिनेटमा रेफ्रीले गल्ती गरेको भन्दै वडा नं. ६ खेलबाट बाहिरिएपछि वडा नं. ९ लाई विजयी घोषित गरिएको थियो ।
तृतीय स्थानको लागि हुनुपर्ने खेल पनि वडा नं. ६ ले प्रतियोगितामा भाग नलिएपछि वडा नं. १ ले स्वतः जिेतेको घोषणा गरिएको थियो ।
विजेता टीम र खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले सिल्ड तथा प्रमाण पत्र र पहिलो हुने टीमलाई रु १ लाख, दोस्रो हुने टीमलाइ रु ५० हजार तथा तेस्रो हुने टीमलाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा मन्त्री बिश्वकर्माले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न स्थानीय तहमा हुने प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो । उहाँले खेलकूद क्षेत्रको बिकासको लागि सरकार प्रतिबद्घ रहेको र एक स्थानीय तहमा एक खेलग्राम निमार्ण गर्न कार्यबिधी बनिसकेको र छिट्टै कार्यन्वयन हुने बताउनुभएको थियो ।
कार्यक्रममा शंखरापुर नगर पालिकाका मेयर सुवर्ण श्रेष्ठले नगरभित्रका युवाको चाहना र आवश्यकतालाई सम्बोधन गर्न नगरपालिकाले फुटबल प्रतियोगिता संचालन गरेका बताउनुभएको थियो । स्थानीय युवाहरुको प्रतिभालाई खोजी गरेर राष्ट्रिय अन्तराष्ट्रिय स्तर सम्म पु¥याउन प्रतियोगिता सहयोगी हुने बताउदै उहाँले प्रतियोगितामा हार जित स्वभाविक भएपनि फुटबल प्रतियोगिताको सफल आयोजनाले सम्पुर्ण नगरबासीले जीतको अनुभव गरेको बताउनुभएको थियो । समापन समारोहमा शंखरापुर नगर पालिकाका उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठ, प्रमुख प्रसासकीय अधिकृत प्रमोद सिंम्खदा, राखेपका सदस्य उपेन्द्र पौडेल महानगरिय प्रहरी वृत बौद्घका प्रमुख, लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उकृष्ट खेलाडिको पुरस्कार संयुक्त रुपमा वडा नंं. २ का सुनिल तामाङ्ग र वडा नं. ९ का प्रनिल खड्काले पाएका छन् भने उकृष्ट गोलरक्षकको पुरस्कार वडा नं. १ का नबिन लामाले पाएका थिए । उच्च गोल कर्ताको पुरस्कार ४ गोल सहित वडा नंं. ९ का क्याप्टेन गणेश नगरकोटीले पाएका थिए ।
0 Comments
Thanks for your concerns