यौन चर्चा– प्रस्तुति– नविना राई

सेक्सबाट रोगको उपचार तनाव, चिन्ता, असन्तोष आजको समयमा जीवनको एक हिस्सा नै बनिसकेको छ । परिश्रमले आजको मानिसले भौतिक सुख(सुविधा त हासिल गरेको छ, तर शान्तिपूर्वक तिनको उपभोग गर्ने फुर्सद नै पाएको छैन । तनावका कारण अनिद्रा, मधुमेह, हृदयरोग, उच्च रक्तचाप जस्ता रोगले शरीरमा डेरा जमाएका छन् । अति व्यस्तताले दाम्पत्य जीवनलाई पनि प्रभावित तुल्याउँछ । वैज्ञानिकहरूले धेरै वर्षको अनुसन्धानबाट के तथ्य पत्ता लगाएका छन् भने यदि श्रीमान्–श्रीमतीले सफल र तृप्त यौन जीवन विताएका छन् भने उनीहरू निरोगी रहन सक्छन् । यौनसम्पर्कमा उपचार क्षमता हुन्छ । यसैगरी राम्रा विभिन्न सामाजिक तथ्यहरूले पनि प्रमाणित गरिसकेका छन् कि यसले श्रीमान्(श्रीमतीको सम्बन्ध सुदृढ बनाएर परम्पराको व्यवहार ठीक राख्छ । पुरुषको मन र शरीरको संरचना अनुसार पनि यौनसम्पर्क तनावमुक्तिको औषधि हुन्छ । त्यसैले जुन दम्पती यौन जीवन तृप्त र सुखी छ, उनीहरू तन र मनले बढीसुखी, सन्तुष्ट र उदार देखिन्छन् । उनीहरूको व्यवहार संवेदनशील पनि हुन्छ । प्रारम्भिक अध्ययनहरूले के पुष्टि गरेका छन् भने यौन सम्पर्कले शरीरको प्रतिरक्षा तन्त्रलाई बलियो बनाउंछ । यसले पीडा हटाउंछ र पाचनक्रिया ठीक राख्छ यो तथ्य हाम्रो मनको भावना तथा शारीरिक संरचना एवं स्वास्थ्यबीच लुकेको हुन्छ । हरेक व्यक्ति तनावमा जिउन थालेपछि उनीहरू हरेक कुरालाई नकारात्मक दृष्टिकोणबाट हेर्छन् । यसबाट थकान, उदासीजस्ता कुराले शरीरमा बास पाउंछन् । यसका विपरीत उमङ्ग, उत्साह, जोश, खुशी जस्ता सकारात्मक भावना मनमा ल्याउन आवश्यक हुन्छ । यौनसम्पर्कले तन र मन दुवैलाई उत्तेजित बनाएर नकारात्मक सोचलाई रोक्छ । यस्तो समयमा पूरा शरीरमा एन्डेर्फिन नामक प्राकृतिक पीडानाशक रस सञ्चार हुन्छ । यसबाट शरीरमा उत्तेजनाको मीठो लहर फैलन्छ यौन सम्पर्कबाट मानसिक कष्ट, रक्तचाप, हृदयरोग, अनिद्राजस्ता समस्याबाट सहज छुटकारा पाउन सकिन्छ । यौन असन्तुष्टि नै हृदयरोगको कारण मानिन्छ । त्यसैले यौन सम्पर्कले तनाव घटाएर गहिरो निद्रा पनि ल्याउंछ । भरपुर यौन सम्पर्कलाई हल्काफुल्का कसरत मान्न सकिन्छ । यतिबेला पूरै शरीरमा रक्तसञ्चार तीव्र हुन्छ । यसबाट शरीरमा नयां आरोग्य शक्ति प्राप्त हुन्छ । यौन सम्पर्कको दौरान स्त्रीले ८(१० क्यालोरी प्रतिमिनेट तथा पुरुषले १२(१५ क्यालोरी प्रतिमिनेट शक्ति खर्च गर्छन् । स्खलन एक आनन्ददायक स्थिति हो । यो क्षणमा शरीरले पूर्ण आनन्द र विश्राम पाउंछ । यो स्वर्गीय सुख हो । यो एक प्राकृतिक पीडानाशक औषधि हो । यौन उत्तेजनाका दौरान केही यस्ता रसहरू निस्कन्छन्, जुन पीडा भगाउन सहायकसिद्ध हुन्छन् । यसरी यौनसम्पर्कलाई असाधारण मान्न सकिन्छ । तुरुन्त विश्राम र आराम मिलेपछि गहिरो निद्रा पनि लाग्छ । तृप्त यौनसम्पर्कबाट श्रीमान् श्रीमती एक(अर्काको आलोचनाबाट पनि बच्न सक्दछन् । यसबाट एक(अर्काको श्रेष्ठ गुणहरूतिर ध्यान जान्छ । उनीहरूले शारीरिक एवं मानसिक रुपबाट एक–अर्काको पूरक एवं सहभागी बनेर सुख पाउन सक्छन् । सहबासका बेला ध्यान दिनुपर्ने कुराहरु – सहवासका बेला साथीको रुचि अरुचिको ख्याल राख्नुपर्छ । – यौनका सम्बन्धका भएका अनुभूतिका लागि शारीरिक रुपले फिट हुनु पनि आवश्यक छ । अनुसन्धान हेल्थ एवं फिट शारीरिक स्थिति गरिएको सहवास सुखदायी हुन्छ । – यौनमा ग्याप राख्नु ठीक होइन । दुवैका इच्छा र शारीरिक स्वस्थता अनुसार यसलाई निरन्तरता दिइनु पर्छ – ख्याल–ठट्टाबाट यौन प्रक्रिया अझ रोमाञ्चल हुने भएकाले यसलाई प्रयोग गर्नु राम्रो हुन्छ । – यौन क्रियाका बखत एकाग्रता पनि आवश्यक छ, अतः यौन क्रियाको बेला बढी कुराकानी गर्नु ठीक होइन । – प्रशंसाको आवश्यकता पुरुषलाई पनि हुन्छ अतः यौन क्रियाका बेला एक अर्काको प्रशंसा गर्नु राम्रो हुन्छ । साथै एक अर्कालाई भावनात्मक समय बढी कुराकानी गर्नु ठीक होइन । (प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments