भाषा साहित्य मुँज्या खलःको अन्तक्र्रिया

साँखु÷गत जेष्ठ २४ गते शनिबार भाग्योदय उच्च माविमा भाषा साहित्य मुँज्या खल सक्वको आयोजनामा “पृथ्वीनारायण शाहको बेला साँखुका नेवारहरुको परिस्थिती र अहिलेको परिस्थिती” विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अन्तक्र्रिया कार्यक्रममा प्रोफेसर माणिकलाल श्रेष्ठले कार्यपत्र पेश गर्नुका साथै सहभागीहरुको प्रश्नको उत्तर समेत दिनुभएको थियो ।
कार्यक्रममा साँखुका नेवार बुद्धिजीवीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । उक्त अवसरमा श्री श्रेष्ठले साँखु र किर्तिपुर त्यत्तिबेला जर्मनको बर्लिन सहर जस्तै विकसित रहेको बताउनुभएको थियो ।

Post a Comment

0 Comments