साँखु÷नेपालले बिहीवार अफगानिस्तानविरुद्धका खेलमा जीत हात पारे पनि अघिल्लो चरणमा प्रवेशको सम्भावना भने भएन ।
बंगलादेश र हङकङवीचको खेलमा बंगलादेश नेपालभन्दा रनरेटमा अगाडी देखिएपछि नेपाल छनौट हुने सम्भावना सकिएको हो ।
समान चार अंक बटुलेका नेपाल र बंगलादेशमध्ये बंगलादेशको नेट रनरेट बढि भएका कारण बंगलादेश अघिल्लो चरणमा प्रवेश गरेको छ ।
नेपाली टिमलाई प्रधानमन्त्रीको बधाई
सोही दिन प्रधानमन्त्री सुशील कोइरालाले टेलिफोनमार्फत नेपाली क्रिकेट टोलीलाई बधाई दिएका थिए । बिहीबार भएको खेलमा नेपाली टोलीले प्रतिस्पर्धी अफगानिस्तानलाई पराजित गरेपछि प्रधानमन्त्रीले साँझ कप्तान पारस खड्कालाई फोन गरी बधाई तथा शुभकामना दिएको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘विदेशी भूमिमा भएको विश्व प्रतियोगितामा विजयी बनी नेपाल र नेपालीको गौरव अभिवृद्धि गराउनुभएकोमा तपाईं र तपाईंको टिमका सबै सदस्य र प्रशिक्षकलाई मेरो व्यक्तिगततर्फबाट, नेपाल सरकारका तर्फबाट र नेपाली कांग्रेस पार्टीका तर्फबाट पनि बधाई ज्ञापन गर्छु’ प्रधानमन्त्रीले फोनमा भने, ‘आउँदा हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धी टिममाथि नेपाली टिमले विजय पाउन सकोस् भन्ने शुभकामना व्यक्त गर्छु ।’
बंगलादेशमा जारी ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलीले यसअघि हङकङलाई पराजित गरेको थियो । प्रधानमन्त्री कोइरालाले त्यस दिन पनि टोलीलाई बधाई तथा शुभकामना दिएका थिए ।

0 Comments
Thanks for your concerns