यौन चर्चा

– प्रस्तुति– नविना राई
नियमित यौन सम्पर्क गर्नुस् !
स्वस्थ रुपमा नियमित प्राकृतिक यौनसम्पर्क गर्ने जोडीका लागि खुशीको खवर हुन सक्छ, हालैको एक अनुसन्धानले देखाएको नतिजा । इटालीका अनुसन्धानकर्ताहरुले गरेको उक्त अनुसन्धानले नियमित रुपमा यौनसम्पर्क गर्ने पुरुषहरुको शरीरमा रोग प्रतिरोधक क्षमता अभिवृद्धि गराउने देखाएको छ । नियमित र प्राकृतिक रुपमा गरिने यौन सम्पर्कले महिलाको शरीर पनि स्वस्थ रहने अनुसन्धानले पुष्टि गरेको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार नियमित यौनले शरीरमा टेस्टोरोनको मात्रा बढ्छ । यसले रोग प्रतिरोध क्षमता बढाउनुका साथै मुटुसम्बन्धी रोग समेत कम गर्छ । प्रायः पुरुषहरु मुटुसम्बन्धी रोगले बढी प्रभावित हुने भएकाले नियमित यौन संसर्गले महिलाको दाँजोमा उनीहरुलाई तुलनात्मक रुपमा बढी फाइदा पुग्छ । नियमित यौनको सकारात्मक प्रभाव मधुमेहको रोगीमा समेत पर्छ । यौन सम्पर्कले शरीरमा चिनीको मात्रा नियन्त्रण गर्ने भएकोले यसका रोगीलाई समेत राहत मिल्ने अनुसन्धानकर्ताले जनाएका छन् ।
अनुसन्धानमा संलग्न डा. रोजेलिनका अनुसार नियमित यौनले पुरुषलाई शारीरिक र मानसिक लाभ पुग्छ तर यसका लागि दुवै यौनप्रति इमान्दार रहनुपर्छ । नत्र त्यसले विपरीत असर पार्न पनि सक्नेतर्फ उनको चेतावनी छ । विवाहेत्तर सम्बन्ध राख्ने पुरुष तथा एकभन्दा बढी साथीसँग यौन संसर्ग गर्नु पुरुषलाई भने कम लाभ हुने अध्ययनमा देखिएको छ । एकभन्दा बढी साथीसँग अन्तरंग सम्बन्ध राख्ने पुरुषमा मानसिक तनाव बढी हुने र हीन भावनाले ग्रसित हुने भएकाले शरीरमा टेस्टोस्टेरोनको उत्पादन कम हुने हुँदा त्यसबाट हुने लाभ कम भएको हो । त्यसो त त्यस्ता व्यक्तिमा विभिन्न यौन रोगको खतराको सम्भावना पनि बढी रहन्छ ।
यौन सम्बन्ध पनि बिहानीको समयमा गर्दा ज्यादा फाइदा लिन सकिने व्रिटेनको वेलफास्टको क्विन्स विश्वविद्यालयमा गरिएको अनुसन्धानले देखाएको छ । अनुसन्धान अनुसार विहानको यौनले व्यक्तिलाई तन्दुरुस्त बनाउने छ । यसले हृदयाघात, रक्तचाप, वाथ र माइग्रेनलाई नियन्त्रण गर्छ ।
अनुसन्धानकर्ताहरुका अनुसार बिहानको यौनले ३ सय क्यालोरी खर्च हुन्छ, जसले गर्दा मधुमेहको खतरा समाप्त हुन्छ । नियमित यौन सम्बन्धले शुक्रकीटको गुणस्तरमा सुधार हुनुका साथै प्रजनन क्षमता समेत बृद्धि हुने अष्टूेलियाली वैज्ञानिकद्वारा सन् २००७ मा गरिएको एक अध्ययनले पनि देखाइसकेको थियो । अध्ययन अनुसार धेरैजसो पुरुषमा हुने शुक्रकीटको डीएनएमा हुने क्षतिलाई नियमित स्वस्थ यौनले हटाउने गर्छ । नियमित यौन रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुनुका साथै मोटोपनालाई समेत कम गर्छ ।
व्रिटेनमा करिव ३ हजार व्यक्तिमा गरिएको हालैको सर्वेक्षण अनुसार १० मध्ये एक महिला मोटोपनको शिकार हुने गरेको भेटिएको थियो । आफ्नो यौन जीवन रुखो भएको बताउने उनीहरुले वर्षभर यौन सम्पर्क नगरेको पनि खुलाए ।
आपतकालिन गर्भनिरोधक
बजारमा पाइने परिवार नियोजनका विभिन्न साधनमध्ये पिल्स युवतीहरुको लोकप्रिय साधन हो । विवाहित महिलाका लागि भनिए पनि पिल्स चक्की प्रयोगमा टिनएजरहरुका लागि आकर्षक र सहज साधन बनेको छ । पिल्स प्रयोग गर्दा ७२ घण्टासम्म गर्भ नरहने र कण्डम प्रयोग गर्दाको झन्झट कम आनन्दको समस्या पनि नहुने भएकाले टिनएजरदेखि विवाहित महिला आपतकालीन पिल्स प्रयोग गर्न आकर्षित भएको देखिन्छ । नयाँ बानेश्वर, शान्तिनगरस्थित एक फार्मेसीका कर्मचारी कण्डमभन्दा पनि पिल्सको विक्री बढी हुने गरेको बताउँदै पिल्स खरिद गर्न भर्खरका युवक युवती बढी मात्रामा आउने गरेको बताउनु हुन्छ ।
परिवार नियोजनको अस्थायी साधनहरु विक्री वितरण गर्दै आएको नेपाली सीआरएस कम्पनीको भने पिल्सको विक्री अन्य साधनको तुलनामा उल्लेख्य रहे पनि टिनएजरहरुले प्रयोग गर्ने कुरामा भने अत्यन्त न्यून भएको दावी छ । कम्पनीका सन्ज मुडभरी भन्नुहुन्छ, पिल्स विवाहितले मात्र प्रयोग गर्ने साधन हो, युवक युवतीले प्रयोग गर्ने कुरा दुर्लभै छ । प्रयोग गरिरहनु पर्ने र घरपरिवारले थाहा पाउने भएकाले पनि टिनएजरहरुले यस्ता साधन प्रयोग गर्ने कुरा त्यति सहज छैन । सीआरएस कम्पनीले अमेरिकामा उत्पादित निलोकन ह्वाइट, भारतमा उत्पादित सुनौलो गुलाफ विक्री वितरण गर्दै आएका छ । त्यस बाहेक नेपालमै उत्पादित फेमिफोर, इ(कोन नामक पिल्सहरू मुख्य रुपमा प्रयोग हुँदै आएको छ । आपतकालीन गर्भनिरोधक चक्कीहरू बजारमा छ्यापछयाप्ती चिकित्सकको सिफारिश बिना उपलब्ध भएपछि गर्भ सुरक्षाका लागि कण्डमको प्रयोग घट्ने देखिन्छ । यसबाट एचआइभी संक्रमण दर बढ्ने सम्भावना छ ।
प्रतिक्रियाको लागि ः चबष्लबदष्लब२ष्खिभ।अयm

Post a Comment

0 Comments