साँखु÷राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनतालाई अधिकार दिन स्थानीय निर्वाचन यथाशीघ्र गर्नुपर्ने बताएका छन् । लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा जनता अधिकारबाट बन्चित भई विकास निमार्ण पनि ठप्प भएको जनाउँदै केसीले स्थानीय निर्वाचन यथाशीघ्र हुनुपर्ने धारणा राखेका हुन् । उहाँले सो कुरा बुटवलमा अखिल नेपाल टे«ड युनियन महासंघ अन्टुकको तेस्रो राष्ट्रिय ुसम्मेलनको उद्घाटन कार्यक्रममा भन्नुभएको हो ।
स्थानीय निकायमा जनप्रतिनिधि नभएकाले बढेको भ्रष्टाचार र महङ्गी रोक्न छिटो भन्दा छिटो स्थानीय निकायको निर्वाचन गर्नुको विकल्प नभएको अध्यक्ष केसीको भनाइ छ ।
सो अवसरमा केसीले स्थानीय निर्वाचन गर्न नहुने दुई माओवादीको भनाई जनविरोधी भएको बताए । ‘स्थानीय निर्वाचन रोक्न र ०५२ देखि ०६२ सम्मको द्वन्द्वकालमा भएका मानवताबिरोधी अपराधलाई ढाकछोप गर्न एकताको कुरा गरेर दुई माओवादी स्थानीय निर्वाचन विरुद्ध लागेका छन्’ भन्नुका साथै माओवादीकै कारण आम जनताले दुःख पाएको र अधिकार गुमाएको बताउनुभएको छ ।
कम्युनिष्टको नाममा मजदुर आन्दोलनलाई धोका दिइएको बताउँदै सर्वहारावर्गको नाममा सत्तामा जानेले मजदुरलाई भुलेकैले मजदुर आन्दोलनपछि परेको बताए ।
‘शोषकवर्गले सर्पलेजस्तै मुन्टो उठाएका छन्, मजदुरवर्गको पक्षमा बोल्ने सरकार र नेताको अभाव छ’, केसीले भने, ‘मजदुरले अधिकार प्राप्तिका लागि अब आफैँ उठ्ने बेला भएको छ ।’
संविधानसभा सदस्यसमेत रहेका अध्यक्ष केसीले संविधान निर्माणको नियमावली पारित भएपनि जनताले चनाखो भएर खबरदारी नगरे एक वर्षमा संबिधान बन्नेमा आशंका ब्यक्त गरे ।
केसीले पहिलो संविधानसभामा कांग्रेस, एमाले जातिवादी र क्षेत्रीयतावादीको पछाडि लाग्दा संविधान बन्न नसकेको दाबी गर्दै अहिले पनि काँगे्रस, एमाले, माओवादी लगायत ठूला दलहरुनै संविधान बनाउन चनाखो नहुने हो भने फेरि पनि संविधान नबन्ने सम्भावना रहेको बताउँदै संविधान बन्ननसक्ने खतरा विद्यमान रहेको बताए ।

0 Comments
Thanks for your concerns