प्रकाशमान सक्व
।।श्रीश्रीश्री बज्रयोगिनी सहाय ।।
ऊँ अद्य ब्रम्हणो द्वितिया पहाराव्देश्वेत वाराहकल्पे वैवश्वत मन्देन्तरे अष्टाविशतिमे चतुर्युगेन्त पूर्णे बारे प्रथम पादे जम्बुद्विपे भरतखण्डे भारत वर्ष आर्यावर्त देशे हिमबद्दक्षिणपादे नेपाल मण्डल श्री बासुकी क्षेत्रे श्रीश्रीश्री पशुपति सन्निधाने श्री वाग्मत्यां पूब्र्बकुले श्रीश्रीश्री स्वयम्भू चैत्र स्थाने श्रीश्रीश्री शंकरापुरी पटने श्रीश्रीश्री ज्योतिर्लिङ्ग स्थाने इहैव पूण्य भूमौ ।। अद्य फाल्गुण मासे शुक्ल पक्ष तृतियान्तिथौ उत्रभदं नक्षत्रे साधय योगे यथाकण्र्ण मुहुर्ते शुक्रवासरे कुंभ रासि गते सावित्री मनि रासिगते चनद्रमसि ।। अस्मिन महापव्र्व दिने श्रीश्रीश्री बज्रयोगिनी महास्ठाने श्री मत्कान्तिपुर महानगरे श्री यम्बु (श्री स्वयम्भू) श्रीश्रीश्री जमलेश्वर भट्टारक स्ठाने, केलटोल भंसार छेँ गृह वास्ठस्य पूव्र्वक कर्माचार्य विष्णुधर भारो तस्य भाय्र्या धनलक्ष्मी तद्विभयसेन श्रीश्रीश्री बज्रयोगिनी विष्णुधर माता धन लक्ष्मी थ्व पनि निम्हसेन थ्व सत्तल दयेकाओ परलोक जुसेँलि तस्यं पुत्र कम्र्माचार्य विष्णुसिंह भारो, नारायणसिंह भारो, कृष्णसिंह भारो, रत्नसिंह भारो थ्वपनि प्यम्ह फुकिजन थ्व सत्र सं प्रतिष्ठा याङाओ सिक्का सतछिव छतका १०१ श्रीश्रीश्री बज्रयोगिनी प्रीति नं दुन्ता जुरो ।
थ्वतेया वलसाननं वर्ष प्रति सिक्का १० दँ १२ थ्वतेन दओ थ्व फागुण शुक्ल ३ थ्व कुन्हु वर्ष प्रति श्रीश्रीश्री बज्रयोगिनी प्रीतिन पञ्चोपचार पूजा याङयञ्जमाला सतलस बुसाधन यायमाल नित्य वर्ष प्रतिं सिक्का १ सेल्हाँे तयमाल पर शेषसदओथ्यं गुथि भारो पनिसेन भक्षा भोजन यायमार ।। थ्व देग लोम यायेमतेओ, थ्व सासनस चोङथ्य गुथिभारो पनि सेन यायेमाल मयातसा स्वदन्त परदन्तंम्बा जोहरन्ति बसुन्धरा ।। षष्ठी वर्ष सहश्रानी विष्टायां जायते कृमि । थ्व दन्त भिनकलसा यजमानादि आयु रोगगइ ऐश्वर्या जनधन सत्य लक्ष्मी सन्तान वृद्धि जुयुओ जुरो । सम्वत् ९०२ फाल्गुण सुदि ३ कुन्हु प्रतिादान याङा जुरो । शुभमस्तु ।।
शिर्षक सहित बाइस हरफको माथिको शिलापत्र साँखु बज्रयोगिनी मन्दिरको पश्चिम दिशाको पछाडि रहेको गुफा सँगैको पर्खालमा टाँसिएको अवस्थामा रहेको छ । उमा र महेश्वरको सुन्दर मुखाकृति सहितको प्रतिमा एवम् उनीहरुको बाहन सिंह र साँढे सहित त्रिशुलधारी भगवान शक्ति सहितको शिलापत्रले सम्वत् ९०३ सालमा चार दाजुभाईहरुले आफ्ना माता पिताहरुले बनाईएको सत्तलपाटीलाई पुननिर्माण गरि प्रतिष्ठा गरेको तथा बज्रयोगिनी, स्वयम्भू चैत्य एवं उमामहेश्वर समेत नित्य पूजा गर्नको लागि खर्च रकम बन्दोबस्त गरिदिएको व्यहोरा लेखिएको छ ।
काठमाडौँ जनबहालको केलटोल भंसार घरका कर्माचार्य परिवार विष्णुधर भारो र श्रीमती धनलक्ष्मीले उक्त सत्तलपाती पहिले नै बनाईएको थियो भन्ने उल्लेख गरिएको पाईन्छ । आमा बुबाको मृत्युपछि छोराहरु विष्णु सिंह, नारायण सिंह, कृष्ण सिंह, रत्न सिंह सहित चारदाजुभाईले सत्तलपाटी पुननिर्माण गरि प्रतिष्ठा दिनको जन्मोत्सव पूजा गर्नुपर्ने गुठियारलाई जानकारी गराईएको पाईन्छ । उमामहेश्वरको नित्यपूजा समेत गर्नुपर्ने गरि पूजारीलाई बार्षिक चामल पाथी ४५ दिनुपर्ने व्यहोरा लेखिएको छ । वार्षिक सिक्का १ मर्मत सम्भारको लागि छुट्याएर बाँकी कार्य गरि गुठियारहरुले भोज खानुपर्ने व्यहोरा समेत लेखिएको देखिन्छ ।
हाल बज्रयोगिनी पूजारी पालो आठ आठ दिनमा फेर्ने तथा आफ्नो पालोमा बस्ने अवस्था नभएमा आफ्ना अन्य दाजुभाई पूजारी पालो राख्नुपर्ने अवस्थामा बज्रयोगिनीको नित्य पूजा भईनैरहेका हुन्छन् । उमामहेश्वरको पूजा कसरी कसबाट भैरहेका छन् भन्ने कुरा बुझ्न सक्ने देखिँदैन । साथै वार्षिक ४५ पाथी चामल भन्नाले दिनको एकमाना लगभग पूजारीलाई दिनुपर्ने देखिन्छ । जुन कुन पूजारीले कसरी दिनको एकमाना चामल कसबाट अब पाउने हो बुझिएको देखिँदैन ।
त्यसबेलाको १०१ (सतछि व छतका) सिक्का बज्रयोगिनी प्रिती गरी अक्षयकोष खडा गरेको ब्याजबाट वार्षिक १० देखि १२ सिक्का आम्दानी हुनुपर्ने भनि सिलापत्रमा कुँडिएको आम्दानीबाट बज्रयोगिनीलाई फागुन शुक्ल ३ का दिन पञ्चोपचारले पूजा गर्नुपर्ने, सत्तलपाटीको वार्षिक जन्मोत्सव मनाउनुपर्ने तथा दैनिक उमामहेश्वर पूजा गर्नुपर्ने कुरा उल्लेख गरिएको पाईन्छ । बज्रयोगिनी क्षेत्रमा उमामहेश्वरको मूर्तिहरु शिलापत्र र मन्दिर परिसरको तीन ढुंगेधाराको बीचको ढुंगेधाराको तोरणमा अर्धनारेश्वरको उमामहेश्वरको मूर्तिहरु मात्र भेटिन्छन् । शिलापत्रको व्यहोरा अनुसार छुट्टै उमामहेश्वरको मूर्ति हुनुपर्ने तर बज्रयोगिनी परिसरमा छुट्टै मन्दिर र मूर्तिको रुपमा उमामहेश्वरको मूर्ति हाल देखिँदैन ।
साँखु नगरभित्र दुगाहिटी टोलको धाराको उत्तर दिशामा तथा ईल्लाटोलको बज्रयोगिनीको पाहुना घर सामुन्ने उत्तर तिर मूल सडकको पश्चिमपट्टी मूल जात्राको बेलामा मरिकसी चढाई पूजा गर्नुपर्ने उमामहेश्वरको मूर्ति सहितको मन्दिर रहेको छ । हाल मन्दिर भत्किएर उमामहेश्वरको मूर्ति र आशन परिसर मात्र देख्न सकिन्छ । साल्खाटोल ज्योतिर्लिङ्गेश्वर मन्दिर पछाडिको सानो ढुंगे मन्दिर भित्र मात्र उमामहेश्वरको मूर्तिहरु छन् । जुन पुरानो चोरिएको र हाल नयाँ स्थापना गरेको छ । दुगाहिटीको एउटा उमामहेश्वरको मूर्ति चोरिएको विदेशबाट फर्काईएको हाल पाटन संग्रहालयमा सुरक्षित राखिएको पाईन्छ । अर्धनारेश्वरको मूर्ति जुजुफल्चा पुखुलाछी गाविस परिसरमा रहेको छ ।
जेहोस् बज्रयोगिनी परिसरमा पनि पहिले पहिले उमामहेश्वरको मूर्ति अथवा मन्दिर स्थापना गरेको थियो र पूजा दैनिक हुन्थ्यो भन्ने कुरा शिलापत्रबाट उद्घाटित भएको छ । अस्तु ।

0 Comments
Thanks for your concerns