आलुबाली प्रशिक्षण सम्पन्न

साँखु÷गत फाल्गुण २ गते मंगलबार श्री सलम्बुदेवी महिला कृषक समूहको आयोजनामा परोपकार भवन खुलालटारमा आयोजना गरिएको आलुबाली एवं कुरिलो बाली सम्बन्धी प्रशिक्षण दिएका थिए ।
उक्त प्रशिक्षण कृषि सेवा केन्द्र ईन्द्रायणीका जेटीए श्रीराम तिमिल्सिनाले दिएका थिए । उक्त प्रशिक्षणमा किसानहरुलाई आलुबालीमा रासायनिक मल तथा प्राङ्गारिक मल राख्ने तरिका, घरेलु विषादी बनाउने तरिका, कुरिलो बाली, कृषि चुन, बिउविजन, आलुबालीमा प्रयोग गर्ने औषधी आदिबारे जानकारी प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन राजकुमार थापाले गरेका थिए भने महिला अगुवा देवी थापाले निकट भविष्यमा महिलाहरुलाई विभिन्न घरेलु सीपमूलक तालिम दिईने बताउँदै महिला स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गरिने जानकारी समेत दिएका थिए । कार्यक्रमको सभापतित्व रञ्जना कार्कीले गरेका थिए । सो कार्यक्रममा विशेष अतिथि दुर्गाबहादुर सुवेदीको समेत उपस्थिति रहेको थियो ।

Post a Comment

0 Comments