माधवनारायण व्रतालुले भजन किर्तन र जाग्राम बस्दै शिवरात्रि पर्व मनाए



फाल्गुन ६ शनिवार

लावण्य/साँखु । यस वर्ष माघमा माधवनारायणको व्रत बसेका व्रतालुहरुले शिवरात्रिका दिन साँखुको ज्योतिर्लिङ्गेश्वर परिसरमा भगवान माधवनारायणको भजन किर्तन गाउँदै जाग्राम बसेर शिवरात्रि पर्व मनाएका छन् ।

परम्परा अनुसार शिवरात्रिका दिन राति जाग्राम बसेर भोलिपल्ट बिहान बज्रयोगिनीको दर्शन गरेपछि मात्रै माधवनारायण व्रतको फल मिल्ने बिश्वास यहाँका स्थानीयमा पाईन्छ ।

यस अघि साँझपख व्रत नाईके कजीको घरबाट सारुक्वलां (साधु स्मशान)मा पूजा गर्न गएको थियो । जुन पूजामा जलचर स्थलचर र उभयचरको बली दिने गरिन्छ ।



परम्परा अनुसार १ जोडी परेवा, एक जोडी माछा, एक जोडी सर्प र एकवटा बोका सो पूजाको लागि आवश्यक हुन्छ ।

पूजाको क्रममा एउटा माछा, एउटा सर्पलाई खोलामा छोडिन्छ भने एउटा भँगेरा उडाएर पठाईन्छ । अर्को भँगेरा, सर्प र माछा यज्ञमा आहुति दिईन्छ । त्यसैगरी बोकाको पनि बली दिईसकेपछि बोकाको टाउको यज्ञमा आहुति दिईन्छ र बाँकी बोका कजीको घरमा ल्याई प्रसादको रुपमा ग्रहण गरिन्छ । त्यसपछि कजी र साँवागण भोज खाईसकेपछि ज्योतिर्लिङ्गेश्वर परीसरमा पुगेर माघ महिनाभरी गाईने भजन किर्तन गाउँदै शिवरात्रिको जाग्राम पूरा गर्दछन् ।

Post a Comment

0 Comments