नेपाल विभिन्न जातजाति र संस्कृतिले भरिएको देश हो । त्यसैले यहाँ कुनै पनि जात जातिको कुरा गर्नासाथ ऐतिहासिक र सांस्कृतिक विषयहरु उठान हुने गर्दछ । साथै संस्कृतिका कुराहरु पनि सँगैसँगै आउँछ । नेपालमै सबैभन्दा बढी पढिने आफ्नै संस्कृति अनुसार घरघरमा पढिने पुस्तक स्वस्थानी हो । स्वस्थानीमा वर्णित लावण्य देश साँखु हो कि होईन विवादको विषय हुनसक्छ तर महाभारत वा रामायण पढ्दा जसरी लंका कहाँ छ वा महाभारतको युद्ध भएकै होईन भन्ने जस्ता विवाद उत्पन्न हुने गर्दछ । अझ रामको विषयमा त उनी मर्यादा पुरुषोत्तम नभई घमण्डी समेत भन्ने गरिएको छ । त्यसैगरी स्वस्थानीको …
यसपटक पनि अपेक्षाकृत बदर मत उल्लेख्य रहेको समाचार छ । मतगणना पनि पहिलेजस्तै ढिलो र अस्तव्यस्त रहेको छ । अर्थात्, निर्वाचन व्यवस्थापनमा विगतको अनुभवबाट कुनै पाठ सिकिएको छैन भन्न सकिन्छ । यस्तै पुनः मतदानको मागलगायतका विवादका सम्बन्धमा पनि निर्वाचन आयोगले बेलैमा निर्णय गर्न सकेको छैन । फलस्वरूप, केही क्षेत्रको मतगणना रोकिएको छ । यसले पनि निर्वाचन व्यवस्थापन समग्रमै त्रुटिपूर्ण रहेको स्पष्ट हुन्छ । अधिकांश मतदान केन्द्रको संरचना मतदातामैत्री थिएनन् । विशेषगरी अपाङ्गता भएका, गर्भवती र बूढापाकाका लागि मतदान स्थलसम्म पुग्न र मत खसाल्न सजिलो थिएन । न…
तानाशाहहरूले जनताले मत नदिए धाँधली वा षड्यन्त्र भएको ठान्ने र तदनुरूप भाष्य बनाउने गरेको देखिन्थ्यो । दुर्भाग्य, संसारका धेरै अधिनायकवादीहरूमा देखिएको यही प्रवृत्ति नेपालका राजनीतिक दलका नेताहरूले देखाउन थालेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन परिणामले स्थापित ठूला दलका नेताप्रति जनतामा चरम वितृष्णा भएको देखाएको छ । नेताहरू भने आफूलाई जनताले अस्वीकार गरेको सत्य स्वीकार्न तयार देखिएनन् । जनताले नयाँ दलका युवालाई मत दिए । जनताको वितृष्णाको कारण खोज्नुभन्दा ठूला दल विशेषगरी नेपाली कांग्रेस, नेकपा (एमाले) का नेताहरू भने जनमतको सम्मा…
प्रतिनिधि सभा तथा प्रदेश सभाहरूमा प्रमुख भनिएका राजनीतिक दलहरूले छानेका उमेदवार हेर्दा त्यसले जनसाधारणलाई खासै उत्साहित बनाउने देखिँदैन । सम्भवतः उमेदवारी दर्तापछि पनि दलहरूले जनतालाई चुनावप्रति आकर्षित गर्न सक्नेछैनन् । चुनाव जित्नका लागि गरिएका गठबन्धनका कारण अधिकांश निर्वाचन क्षेत्रमा ठूला पार्टीहरू विशेषगरी नेपाली कांग्रेस र केही हदसम्म नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यकर्तामा असन्तुष्टि देखिएको छ । असन्तुष्टि चुनावसम्मै रह्यो भने नसोचेको परिणाम आउन सक्छ । कांग्रेसले सत्ता गठबन्धनकै दलहरूसँग चुनावी तालमेल गरेको छ । एक्लै चुनाव लड्ने …
यस हप्ता पुनः निहारिका राजपुत (सोनालीकुमार सिंह) चर्चामा रहे । उनी चर्चामा रहनुको पछाडिको पिडा भने बयान गरिसाध्य छैन । उनले जनकपुरका शिवराज श्रेष्ठबाट आफू बलात्कृत भएको र आफू गर्भवती भई बच्चा समेत भईसकेको हुँदा डिएनए परीक्षण गरी पाउँ भनी उनले राज्य समक्ष माग गरेको देखियो । यो उनको व्यक्तिगत माग भएपनि यो समाजकै पिडाको विषय हो । कुनै पनि व्यक्ति कुमारी आमा बनिनु पर्दाको पिडा त हाम्रो समाजमा छँदैछ । त्यसमाथि बच्चा र बच्चाका पिता भनिएका श्रेष्ठको डिएनए परीक्षण गर्न राज्य पक्षले आनाकानी गर्नुपर्ने कारण देखिँदैन । झट्ट हेर्दा यसमा राज्य पक्षले निहार…
सामाजिक संजाल