Golden week के हो ?

 

जापानसंदेश

Golden Week is a series of public holidays in Japan that take place in late April and early May. The term "Golden Week" refers to the fact that the holidays are close together and create a cluster of consecutive days off, allowing people to travel or take longer vacations.
The four national holidays that make up Golden Week are:
Showa Day (April 29) - a day to remember the birthday of Emperor Showa, who was Japan's longest-reigning emperor and ruled from 1926 to 1989.
Constitution Memorial Day (May 3) - a day to commemorate the adoption of Japan's post-war constitution in 1947.
Greenery Day (May 4) - a day to appreciate nature and the environment, which was originally established to honor Emperor Showa's love of plants and nature.
Children's Day (May 5) - a day to celebrate the happiness and well-being of children, particularly boys.

Golden Week is one of the busiest travel periods in Japan, and many people take advantage of the long holiday to travel both domestically and internationally. It is also a popular time for events and festivals throughout the country.

जापानमा अप्रिल २९ देखि गोल्डन विक शुरु भएको छ । यो बिदा मे ५ सम्म चल्छ । योसँगै घुमफिर अनि घरपरिवारलाई घुम्न जान निस्कनेहरुको भिडभाड चारैतिर देखिन थालेको छ । कोभिडका कारण लगाइएको प्रतिबन्धहरु तीन वर्षमा पहिलो पटक पूरै हटेको छ । यस्तोमा रेल स्टेशन, एक्सप्रेसवे, विमानस्थललगायत सबै सार्वजनिक सवारी साधनहरुमा शनिबार बिहानैदेखि मानिसको भिड छ ।

गोल्डन विक जापानमा सबैभन्दा लामो सार्वजनिक छुट्टीमा पर्दछ । गएको महीना भएको एक सर्वेक्षणमा यस पटकको गोल्डन विकको बिदामा जापानीहरुले सालाखाला ३९ हजार २९४ येन खर्च गर्ने योजना बनाएको बताएका थिए । यस पटक बिदामा २ करोड भन्दा धेरै घुमफिरमा निस्कने अनुमान गरिएको छ ।

गोल्डन विक नेपालीहरुका लागि भने कागलाई बेल सरह हुने गरेको छ । जापानमा रहेका ९९ प्रतिशत नेपालीहरु रेष्टुराँ आदिमा काम गर्छन् । अधिकांश नेपालीहरु यति बेला नियमित समयमा जस्तै काममा जान्छन् । उनीहरुले गोल्डन विक, नयाँ वर्षमा मात्रै होइन नेपाली वा जापानकै अन्य चाडपर्वमा पनि बिदा पाउँदैनन् । औंलामा गन्न सकिने केही कम्पनी/व्यक्तिले मात्रै एकाध दिन बिदा दिने गरेको पाइन्छ ।

Post a Comment

0 Comments