साँखु जेसीजको शंखरापुरका जनप्रतिनिधिहरुलाई सम्मान



२०७९ जेष्ठ २१ गते

लावण्य/साँखु । शनिवार साँखु जेसीजले शालिनदीरोड स्थित समरा गार्डेनमा शंखरापुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले भन्नुभयो– “शंखरापुर नगरपालिका यथावत कायम गर्ने आन्दोलनमा साँखु जेसीजको महत्वपूर्ण भूमिका रहेको र यदि त्यो आन्दोलन गर्न नसकेको भए अहिले मैले मेयर हुने सौभाग्य पाउने थिएन ।”ं

उहाँले नगरपालिकाको बोर्ड बैठकले गरेको पहिलो निर्णयको बारेमा भन्नुभयो– कुनै पनि हालतमा अवैध र अनियमित प्राकृतिक दोहन रोकिनेछ । र जेष्ठ नागरिक एवं गर्भवती महिलाहरुको लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था नगरपालिकाले गर्ने निर्णयको विषयमा प्रकाश पार्नुभयो । साथ उहाँले प्लस टु सम्म निशुल्क र गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले विशेष अध्ययन गरिरहेको र यस विषयमा तत्कालै निर्णय गरिने समेत बताउनुभएको थियो ।

त्यसैगरी उप मेयर समिता श्रेष्ठले साँखु जेसीजले आज गरेको सम्मान आफ्नो लागि पे्ररणादायी रहेको बताउँदै भन्नुभयो । साँखु जेसीसले कोरोनाकालमा नगरपालिकालाई अक्सिजन सिलिण्डर, स्यानिटाईजेसन, माक्स वितरण लगायतमा सहयोग गरेकोमा प्रशंसा गर्दै साँखु जेसीजसँग सहाकार्य गर्न शंखरापुर नगरपालिका तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नवनियुक्त नगर प्रवक्ता एवं वडा नं. ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले नगरपालिकाको प्रथम बैठकले गरेको प्राकृति दोहन र निशुल्क एम्बुलेन्स चलाउने निर्णयले सकारात्मक सन्देश दिने बताउनुभएको थियो ।

कार्यक्रममा साँखु जेसीजका संस्थापक अध्यक्ष लवकुमार श्रेष्ठले जेसीजले स्थापनाकालदेखि व्यहोरेको चुनौतिबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको सभापतित्व गर्दै साँखु जेसीजका अध्यक्ष जयराम श्रेष्ठले भन्नुभयो– साँखु जेसीजका लागि सुरु देखिकै चुनौतिको रुपमा रहेको जेसीज सचिवालय भवन भएको उल्लेख गर्दै यसको लागि नगरपालिकासँग समन्वय गरिने बताउनुभयो । कार्यक्रम सञ्चालन साँखु जेसीजका महासचिव गणेश दुलालले गर्नुभएको थियो ।

कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरु, साँखु जेसीजका पूर्व अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुखहरु, सञ्चारकर्मीहरु र साँखुका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

0 Comments