नेपाली काँगे्रस शंखरापुर नगर समितिले ग-यो मेयर उपमेयरको सिफारिश













नेपाली काँगे्रस शंखरापुर नगर समितिले मेयर मा ३ जना र उप मेयरमा ३ जनाको नाम सिफारिश गरेको छ ।

२०७९ बैशाख ७ गते

लावण्य/साँखु । स्थानीय निर्वाचन २०७९ को प्रयोजनको लागि मेयर उप मेयरको उम्मेदवारी सिफारिश गर्ने क्रममा नेपाली काँगे्रस शंखरापुरले सभापति दिलिप कुमार श्रेष्ठ सहित ३ जनाको नाम मेयरमा र उप मेयरमा पनि ३ जनाकै नाम सिफारिश गरेको छ ।

जस अनुसार मेयरमा दिलिप कुमार श्रेष्ठ, शंकर तिवारी र मञ्जु खड्का सिफारिश गरिएको छ भने उप मेयरमा समिता श्रेष्ठ, मायाकुमारी बास्तोला र उदय थिङ को सिफारिश गरिएको छ ।

सिफारिश गरिएकाहरुमध्ये दिलिपकुमार श्रेष्ठ नगर सभापति हुनुहुन्छ भने शंकर तिवारी यस अघि २०७४ को स्थानीय तहमा मेयरमा २९४७ मत पाएर निकटतम प्रतिस्पर्धी उम्मेदवार हुनुहुन्छ एवं मञ्जु खड्का यस अघि २०७४ को स्थानीय तहमा उप मेयरमा ३३०० मत पाएर निकटतम प्रतिस्पर्धी उम्मेदवार हुनुहुन्छ ।

नगर समितिले धेरै जना आकांक्षीबाट ३÷३ जनाको नाम सिफारिश गरेको हो ।
उप मेयर प्रतिस्पर्धीहरुा समिता श्रेष्ठ यस अघि पनि उप मेयरमा प्रतिस्पर्धी हुनुहुन्थ्यो भने दुई जना नयाँ अनुहार देखिएका छन् ।
समिता श्रेष्ठ महाधिवेशन प्रतिनिधि हुनुहुन्छ भने मायाकुमारी बास्तोला कृषि क्षेत्र र सहकारी क्षेत्रमा कार्यरत व्यक्तित्व हुनुहुन्छ । उहाँले पालुवारी वचत तथा सहकारी संस्था चलाइरहनुभएको छ । त्यसैगरी युवा व्यक्तित्व उदय थिङले क्याप नेपाल संस्थामा आवद्ध भई कार्य गरिरहनुभएको छ ।

पार्टीभित्र केही असन्तुष्टी रहेतापनि नगर समितिले गरेको सिफारिशलाई सकारात्मक र नकारात्मक भन्ने दुवै खाले टिप्पणी सुनिनमा आएको छ ।

Post a Comment

0 Comments