साँखु बजार वरिपरीको ढल व्यवस्थित नहुँदा सडक उपभोक्तालाई सकस पसल डुवानमा







लावण्य/साँखु साँखु बजारको पुरानो बसपार्कदेखि नयाँ बसपार्क हुँदै साल्खा महादेवस्थानसम्मको सडक पक्की बनाउन सांसद विकास कोषको करोड रकमबाट काम भइरहेको
सो सडकको काम सुरु गर्नु अगाडि पानी जाने ढल व्यवस्थित गर्नुपर्ने काम समयमै नहुँदा अहिले सो बाटो बन्द प्रायः भएको साथै सो सडक छेउमा पसल गरेर बसिरहेका स्थानीय दीपक श्रेष्ठको पसल अविरल वर्षाका कारण डुबानमा परेको
उहाँका अनुसार ठेकेदारलाई पटक पटक भन्दा पनि ध्यान नदिएको जनप्रतिनिधिले पनि गुनासो गर्दा वास्ता नगरेको हुँदा अहिले यस्तो स्थिति आएको हो
डुवानका कारण उहाँको पसल टहरामा क्षति पुगेको वहाँका आँकलन अनुसार करीब ५० हजार बराबरको क्षति भएको
राति पानी पर्दा भित्र सुत्ने कोठा समेत पानीले भरिएकोले रात भरी सुत्न नपाएको उहाँले बताउनु्भयो आफुलाई अब सो क्षतिपुर्ति कसले दिने भनि आक्रोश ब्यक्त गर्नु भयो
केही दिन अगाडि बैँक अफ काठमाडौँ अगाडि ढल बनाउँदै गरेको अवस्थामा बैँकमा वृद्ध भत्ता लिने सेवाग्राहीहरुले दुःख पाएपछि बैँकले आफ्ना सेवाग्राहीहरुलाई पछाडिको ढोकाबाट सेवा दिइरहेको
यसरी वृद्धावृद्धाहरुलाई पछाडिको ढोकाबाट व्यवस्थित गरिँदा भने उनीहरु खुशी नै देखिन्थे
त्यसैगरी ढलको काम सुरु गरेदेखिनै शालिनदी चोकदेखि प्रभुबैँक अगाडिसम्मको सडक पनि हिलाम्मे भई सडकमा पैदल समेत हिँड्न नसकिने अवस्थामा पुगेको
यस्तो अव्यवस्थित असारे विकासका कारण सर्वसाधारणलाई सकस भएको तर जनप्रतिनिधिहरुले भने आफू दैनन्दिनरुपमा सोही सडक प्रयोग गर्नुपर्दा समेत सर्वसाधारणको सकश देखेको नदेख्यै गरेको बताउँछन् स्थानीय
सडक निमार्णमा बाटो भन्दा ढल धेरै अग्लो भएकोले बाटोको हाईटलाई केही घटाउन बारम्बार आफुले ठेकेदार वडा नं. का वडा अध्यक्षलाई भन्दा पनि आफ्नो कुरालाई वास्ता नगरेको स्थानीय राजेश्वर श्रेष्ठको कथन थियो
स्थानीयको सकसलाई ध्यानमा राखेर सडक निर्माण समितिले व्यवहारिक कठिनाई नहुने गरी काम गर्नुपर्ने राय स्थानीय बुद्धिजीवीहरुको रहेको

Post a Comment

0 Comments