नेता श्रेष्ठको शोक सभा बैशाख २८ मा साँखुमा हुने !


लावण्य÷साँखु । नेपाली काँगे्रसका महाधिवेशन प्रतिनिधि आनन्दबहादुर श्रेष्ठ यही बैशाख १४ गते दिवंगत हुनुभएको छ । लामो समयदेखि दम एवं मुटु रोगका कारण हस्पिटल भर्ना हुनुभएका श्रेष्ठको ७० वर्षको उमेरमा नर्भिक अस्पतालमा मृत्यु भएको हो ।
उहाँको शवमा उहाँका जेष्ठ सुपुत्र अनुप श्रेष्ठले दागवत्ति दिनुभएको थियो ।
उहाँ नेपाली काँगे्रसमा २०४६ पछि निरन्तर सक्रिय रहनुभएको थियो । यस अघि उहाँ पञ्चायतकालमा पुखुलाछी गाउँ पञ्चायतका निर्वाचित प्रधानपञ्च समेत रहनुभएको थियो ।
शंखरापुर नगरपालिका वडा नं. ६ मा स्थायी बसोबास गर्नुहुने नेता श्रेष्ठको सम्झनामा नेपाली काँगे्रस शंखरापुर नगरकार्य समिति वडा नं. ६ को आयोजनामा यही बैशाख १८ गते साँखुको शालिनदी रोड स्थित शालिनदी पार्टी भेन्यूमा शोक सभाको आयोजना गर्ने भएको छ ।
सो कार्यक्रम बिहान ७ः३० बजे हुने आयोजक कमिटीले जानकारी गराएको छ ।
कार्यक्रमको लागि स्थानीय, क्षेत्रिय एवं जिल्ला कमिटीका पदाधिकारीहरुलाई निमन्त्रणा गरिएको छ भने प्रमुख अतिथिको लागि विशेष पहल भईरहेको जानकारी समेत आयोजकले दिएको छ ।

Post a Comment

0 Comments