शंखरापुर रेडक्रस सोसाईटीको १८ औँ साधारणसभा सम्पन्न



– क्रिस्टिना श्रेष्ठ –

२०७८ पौष १७ गते

लावण्य/साँखु । नेपाल रेडक्रस सोसाईटी शंखरापुर उपशाखाको १८ औँ साधारणसभा नेपाल रेडक्रस सोसाईटी शंखरापुर उपशाखा कार्यालय साँखुको प्राङ्गणमा सम्पन्न भएको छ ।

साधारण सभाले विभिन्न योजनाहरु पारित गरेको छ । जसमा रेडक्रस भवनको मर्मत सम्भार, व्यक्तित्व विकास प्रशिक्षण, घुम्ती स्वास्थ्य शीविर, रक्तदान कार्यक्रम लगायतका कार्यक्रमहरु समावेश रहेका छन् ।

Post a Comment

0 Comments