सरकार र डा. के
सीबीचको सम्झौताको आलोचना
सरकार र गोविन्द केसीबीच भएको सम्झौताको ओलीले गरे आलोचना
लावण्य/साँखु । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र वरिष्ठ चिकित्सक गोविन्द केसीबीच भएको सम्झौताको आलोचना गरेका छन् । सरकारले डा. केसीसँग नौ बुँदे सम्झौता गरेर विदेशमा विद्यार्थीलाई सप्लाई गरी कारोबार चलाउनेहरुलाई साथ दिएको ओलीको टिप्पणी छ ।
शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढ्ने सपना बर्बाद पारेको आरोप लगाए । उनले डा. केसीसँग प्रधानमन्त्री देउवाले गरेको सम्झौताले विदेशमा पैसा र छोरीछोरी पठाउने कम्पनीलाई फाईदा पुगेको बताउनुभयो ।
उहाँले स्कुल, कलेज बन्द गर्न सो सम्झौता भएको र त्यसबारे बुद्धिजीविहरुले मौनता साँधेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । सरकारकै कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको र बैंकहरुमा तरलताको अभाव देखिएको दाबी उहाँको थियो ।
उहाँले भन्नुभयो, ‘हिजो प्रधानमन्त्रीले एक जना कुन डाक्टरसँग नौं बुँदे सम्झौता गरे रे ! ७ वटा माग पूरा गर्न नौ बुँदे सम्झौता । त्यो सम्झौता किनभने यहाँ नर्सिङ क्याम्पस चलाउन पाईदैन । नत्र भने विदेशमा विद्यार्थी पठाउने कम्पनीहरु बर्बाद हुन्छन् ।’
अध्यक्ष ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति संकेत गर्दै इज्जत नभएकाहरु सधैँ सरकारमा रहने अवस्था रहेको भन्दै व्यङ्ग्य पनि गरे । उहाँले आफ्नो पार्टीले भने सरकारमा बसेर आफ्ना नीति कार्यान्वयन गर्दै अघि बढ्ने वा प्रतिपक्षमा रहेर गलत नीतिको विरोध गरेर देश र जनताको सेवा गर्ने गरेको बताउनुभयो ।
‘अलिकति इज्जत छोड्ने हो भने त जहिले पनि सरकारबाट हटनु नपर्ने अवस्था छ । जस्तो प्रचण्डजीहरु हट्नु हुन्न । म हुँदा पनि उहाँहरु सरकारमै हुनुहुन्छ । काँग्रेस हुँदा पनि सरकारमै हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘अलिकति इज्जत छोड्यो भने जहिले पनि सरकारमा बस्नुपर्ने खालको अवस्था । इज्जत साथमात्रै कि सरकारमा हुन्छ, कि प्रतिपक्षमा ।’
अध्यक्ष ओलीले माओवादी जनयुद्धका कारण रोजगारीको खोजीमा धेरैजसो युवा विदेश जानु परेको औंल्याउँदै अब त्यस्तो अवस्थाको अन्त्य भएको पनि बताउनुभयो ।
यसैबीच मेडिकल कलेजहरुले भने अतिरिक्त शुल्क लिन थालेका छन् । अतिरिक्त शुल्क नतिरेका विद्यार्थी कलेजबाटै निकालीएका छन् ।
0 Comments
Thanks for your concerns