आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भए
लावण्य/साँखु । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ ।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो ।
लिङ्देनको विजयसँगै राप्रपामा नयाँयुगको सुरुवात भएको छ । पुराना नेताहरु कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शम्सेरको राप्रपाको जिम्मेवारी अब युवाको काँधमा आएको छ ।
युवा नेता लिङ्देनले नेतृत्व गरेसँगै राप्रपा अग्रगामी बाटोमा हिँड्ने अनुमान धेरैले लगाएका छन् ।
पराजित भएपछि कमल थापाले भने – धन्यवाद ज्ञानेन्द्र शाह, राजाको भलो होस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् । राप्रपाको अध्यक्षमा थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका हुन् । पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाएका छन् । यद्यपि, उहाँले पराजयलाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।
उहाँले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गरेका छन् । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि आरोप लगाएका छन् । ’सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभ–कामना।,’ उनको भनाइ छ ।
उनले लेखेका छन् – प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना ।
प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु ।
पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।
ऋयलनचबतक २न्द्यद्यक्जबज । त्जबलप थयग
मैले राहत र उन्मुक्ति पाएको छु ।
सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।
हार्दिक शुभ–कामना ।
राप्रपा महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती विजयी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् ।
आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् ।
त्यसैगरी निर्वाचन आयोगले घोषणा गरे अनुसार राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुँदा उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् ।
यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् । यस्तै खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् ।
राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ ४ र महामन्त्रीमा ३ पदमा निर्वाचन भएको थियो ।
सरकारमा आउन एक वर्ष पनि पर्खनुपर्दैन– ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने जिकिर गरे ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासनसमेत दिए ।
सम्पदाहरूको पुनर्निर्माण, राजमार्गलगायत पूर्वाधारको निर्माणकार्य देख्न नसक्नेहरूले आफूलाई सरकारबाट हटाएको उनले दोहो¥याए । मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टीमा आउन अरू पार्टीका कार्यकर्ताहरूलाई आह्वान पनि गरे ।
आफूले सरकारमा रहेर केही काम गर्न नट बोल्ट जोड्ने काम गरे पनि अरू कसैले फुस्काइदिएको उल्लेख गर्दै अब त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्ने बताए । अघिल्लोपटक नेपाललाई भूजडित देशको रूपमा स्थापित गराउँदा आफूलाई सरकारबाट हटाएको उनको भनाइ थियो ।
0 Comments
Thanks for your concerns