बाबुरामले एमसीसीको जिम्मा लिएको देख्दा आश्चर्यचकित–प्रचण्ड



चुनावसम्म संसद अवरोध गछौँ –ओली


लावण्य/साँखु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने बताएका हुन् ।

संसद अवरोध कहिलेसम्म भन्ने पत्रकारको प्रश्नमा ओलीले सटिक जवाफ दिए– चुनावसम्म ।

चुनाव अगाडिसम्म संसद चल्दैन त भन्ने प्रश्नमा ओलीले अवरोध गरे पनि बलजफती संसद चलाइएको टिप्पणी गरे । ‘चलिरहेको छ त, हामीले विरोध गरिरहेका छौं, संसद चलिरहेको छ । बलजफ्ती गर्ने बानी परेकाले बलजफ्ती गरिरहेका छन्’ उनले भने ।

गत भदौमा आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको विरोधमा नेकपा एमालेले २३ भदौदेखि लगातार संसद अवरोध गर्दै आएको छ । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसद सहभागी भई पछि नेकपा एकीकृत समाजवादी गठन भएको थियो ।

सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गरेको छ । तर एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहेका छन् ।

ओलीले चुनाव जहिजे भए पनि आफूहरु जितेर आउने दावी गरेका छन् । ‘इलेक्सन भएपछि धोवी पाठ लगाइन्छ’ उनले भने ।  सरकार ढालेर केही समय सूर्यमा ग्रहण लगाए पनि यो धेरै समय नरहने उनले बताए ।

प्रचण्डले भने – बाबुरामले एमसीसीको जिम्मा लिएको देख्दा हामी हेरेको हेरै भयौ“

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लिएको अडानले आफूहरु आश्चर्यचकित भएको बताएका छन् ।

सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपर्ने सन्भर्दमा डा. भट्टराईले लिएको अडानले आफूहरु आश्चर्यचकित भएको बताएका हुन् ।

सर्वदलीय बैठकमा समेत भट्टराईले एमसीसी आफ्नै पालामा अघि बढेको र पास गर्नुपर्छ भनेर अडान लिएको बताए । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसी पास गर्नैपर्ने जिम्मेवारी लिएको देख्दा आफूहरु हेरेकै हेरै भएको टिप्प्णी पनि गरे ।

उनले भने – उहाँ (बाबुराम भट्टराई) ले सर्वदलीय बैठकमा एमसीसी मेरै पालामा अघि बढेको हो र पास गर्नेपर्छ भनेर जिम्मेवारी लिएको देख्दा हामी त हेरेको हेरै भयौँ । बाबुराम जीले किन एमसीसीको स्वामित्व लिन खोज्नुभएको बुझ्न सकिएको छैन् ।

भट्टराईले सर्वदलीय बैठकमा संसदको बहुमतले पारित गर्नुपर्ने अडान लिएको पनि उनले बताए । प्रतिपक्षीले संसद घेराउ गरिरहेका बेला कसको बहुमतबाट पारित गरौँ भन्नुभएको हो त्यो त्यो बुझ्न सकिएको छैन, प्रचण्डले भने ।

अन्तरक्रियामा उनले भने – संसदको बहुमतले पारित गर्नुपर्छ भनेर बाबुरामले भनेको संगतिपूर्ण छैन् । प्रतिपक्षीले घेराउ गरिरहेको छ । कसको बहुमत भनेको हो ? यस्तो राष्ट्रियतासँग गाँसिएको संवेदनशील विषय हुलमुलमा पास गरेर हुन्न ।

माओवादी केन्द्र एमसीसीको विरोधि नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताले नै बहस चालेको हुनाले संशोधन नगरी पास गर्न नहुने पक्षमा रहेको बताए ।

उनले भने – माओवादी एमसीसीको विरोधी होइन तर जनताले नै बहस चाहेको हुनाले संशोधन गर्नुपर्ने विषय संशोधन गरेर अगाडी बढ्नुपर्छ । तीन सदस्यीय टोलीले अहिले अध्ययन गरिरहेको छ । आएको सुझाव अनुसार नै अगाडी बढ्छ ।

एमसीसी सम्झौताका बारेमा नेपालका राजनीतिक दलहरु विभाजित रहेका छन् ।

Post a Comment

0 Comments