भित्री बस्त्रको प्रयोगमा ध्यान दिनुपर्ने कुराहरु




पहिरनको कुरा गर्दा हामी बाहिरी बस्त्र सम्झन्छौं, जसले हाम्रो आङ ढाक्छ । लाज ढाक्छ । जाडो र गर्मीबाट शरीरलाई सन्तुलित राख्छ । स्टाइलिस देखाउँछ । फेसनेबल देखाउँछ । व्यक्तित्व बढाउँछ ।

त्यही कारण हामी बाहिरी बस्त्र खरिद गर्दा त्यसको रुपरंग, बनौट सबै कुरामा ध्यान दिन्छौं, ताकि आफुलाई सुहाउँदो होस् । तर, भित्री बस्त्र नि ?

अब तपाईं एक कदम पछि हट्नुहुनेछ । किनभने भित्री बस्त्र खरिद गर्दा त्यसको बारेमा खासै ख्याल राख्नुहुन्न । किनभने तपाईं(हामीलाई लाग्छ, भित्री बस्त्र भनेको छोपिने चिज हो । देखिने भए पो राम्रो हुनुपर्छ ।

तर, यस्तो कुरा सही होइन । भित्री बस्त्र छालामैत्री वा सहज हुनुपर्छ । अन्याथा यसले शरीरमा असर गर्न सक्छ । हुन त हामीलाई यस्ता कुरा वाहियत लाग्छ वा सामान्य लाग्छ । तर, प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले भित्री बस्त्रको बारेमा संवेदनसिल हुनैपर्छ ।

कस्तो कपडा ?

कपडा धेरै किसिमको हुनेगर्छ । त्यसमध्ये सुतीको कपडा राम्रो हो । भित्री बस्त्रका लागि सुती नै सही हुनसक्छ । सुतीको भित्री बस्त्र लगाउँदा सिल्क वा सिन्थेटिकको जस्तो समस्या हुँदैन । सिल्क वा सिन्थेटिकमा हावा पस्दैन । यसले छालाको इन्फेक्सन हुनसक्छ । सिन्थेटिक कपडा नै किनेपनि भित्रको लाइनिङ सुतीकै हुनुपर्छ ।

कस्तो नाप ?

भित्री बस्त्र कुन साइजको लिने ? त्यो तपाईंको शरीरमा निर्भर गर्छ । कसैलाई ठूलो चाहिएला, कसैलाई मझौला, कसैलाई सानो । आफुलाई फिट हुने भित्री बस्त्र किन्नुपर्छ । यसको पेन्टी, ब्रा जेसुकै होस्, आफ्नो नाप अनुसार सही छ भने हिँडडुल गर्न सजिलो छ ।

कस्तो रंग ?

कस्तो रंगको भित्री बस्त्र ? यो प्रश्न तपाईलाई वाहियात लाग्न सक्छ । तर, चिकित्सकहरु भन्छन् सेतो पेन्टी लगाउनु उपयुक्त हुने बताउँछन् । रंगबिरंगी पेन्टी आकर्षक देखिएपनि सफा एवं सेतो रंगको भित्री बस्त्र नै राम्रो हुन्छ ।

कहिले बदल्ने ?

पेन्टी कहिले बदल्नुपर्छ ? अक्सर यसबारे हामी उति ख्याल गर्दैैनौं । अरु लुगा, जुत्ता आदि त समय समयमा वा फेसन अनुरुप बदल्छौं । तर, पेन्टी ?

पेन्टी निश्चित अवधीमा बदल्नुपर्छ । धेरै समय एउटै पेन्टी प्रयोग गर्दा त्यसले प्रजनन अंगमा समस्या ल्याउन सक्छ ।

पेन्टीमा यी कुरा ख्याल गर्नुहोस् है

खासगरी यो विषयमा महिलाहरुले सर्तक हुन आवश्यक छ । जब तपाईं पेन्टी धुनुहुन्छ, त्यसअघि पेन्टीमा राम्ररी हेर्नुहोस् । यसमा सेतो टाटो देखियो भने चिन्ताको विषय हुन्दैन तर रातो टाटो देखियो भने स्त्रीरोग विशेषज्ञको परामर्श लिनु उचित हुन्छ ।

राती सुत्दा पेन्टी लगाउने कि नलगाउने ?

राती सुत्दा पेन्टी लगाउने कि नलगाउने ? संभव भएसम्म पेन्टी नलगाई सुत्नु राम्रो हो । पेन्टी नलगाइ सुन्दा महिलाहरुले छुट्टै आनन्द पाउँछन् र शरीरको त्यो भागलाई पनि राहत मिल्छ ।

निद्रा कम भएमा स्मरणशक्ति ह्रास हुने !

छिन्छन्को सुताइबाट निद्रा पूरा गर्ने प्रयास गर्नु स्वास्थ्का लागि हानिकारक हुने तथ्य सार्वजनिक भएको छ । एक अनुसन्धान नतिजाले देखाएअनुसार यस्तो सुताइले स्मरण शक्तिलाई कमजोर पार्छ जसले गर्दा डिमेन्सियाको खतरा बढी रहन्छ । 

स्टेनफोर्ड विश्वविद्यालय द्वारा गराइएको उक्त अनसन्धिानपछि यसका प्रमुख डा.लुइस डेलेका अनुसार गहिरो निद्राले स्वास्थ्यमा धेरै महत्व राख्छ र यसको अभावमा एल्जाइमर र उमेरजन्य विभिन्न रोग लाग्न सक्छन् । मुसामा गरिएको परीक्षणमा उक्त निष्कर्ष निस्केको हो । निद्रामा बाधा आएपछि मुसालाई दैनन्दिनका बस्तु चिन्नसमेत मुस्किल परेको पाइयो । उक्त अनुसन्धान सामान्यभन्दा कम निद्रा वा कम गहिरो निद्रा नभई छिन्छन्को निद्रामा अध्ययन गरिएको थियो ।

अनुसन्धानकर्ताले अध्ययनमा निद्रा र ब्युझिँदाको समयमा मस्तिष्कमा हुने एक प्रकारको प्रयासलाई लक्षित गरी निद्राको समय मुसाको मस्तिष्कमा सीधा प्रकाशको तरङ्ग पठाएका थिए ।

धुमपान गर्नेसँग सुत्नु पनि हानिकारक

धुमपान गर्ने अम्मली आमाबुबासँग सुत्नु बालबालिकाका लागि हितकर हुँदैन । उनीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्छ । यस्ता बालबालिकामा निकोटिनको स्तर ती बालबालिकाको दाँजोमा तीन गुणा बढी हुन्छ । जो धुमपान गर्ने आमाबाबुबाट अलग अर्कै कोठामा सुत्छन् । अनुसन्धानकर्ता अनुसार झ्याल ढोका खुलै राखेर कोठालाई हावादार बनाउँदा पनि अम्मली आमाबुबासँग सुत्ने बालबालिका सम्भावित असरबाट जोगिन सक्दैनन् यो अनुसन्धानमा संलग्न ग्वाडलुप आर्टेजालका विकासशील देशमा बालबालिकाको मृत्युदरको एउटा ठूलो कारण अर्काको धुमपानले उनीहरूमा पर्ने असर हो ।

हाम्रो अनुसन्धानले सानो उमेरमा बालबालिकामा पर्ने तमाखुको असर कति भयानक हुन्छ भन्ने दर्शाउ ू छ । उक्त अनुसन्धानमा स्पेनको काटालुनियाका ९६ प्राथमिक स्वास्थ्यकेन्द्रलाई सामेल गरियो । अनुसन्धानकर्ताहरूले १८ महिनाभन्दा कम उमेरका १ हजार १ सय २३ बालबालिकाको अभिभावकसँग कुराकानी गरे । ती अभिभावक जोडीमध्ये कम्तिमा एकजनाले धुमपान गर्थे । वैज्ञानिकहरूले दुई सय ५२ बालबालिकाको कपालको नमुना लिएर त्यसमा निकोटिनको स्तर परीक्षण गरे । करिब ८३ प्रतिशत नमुनामा निकोटिनको स्तर धेरै बढी पाइयो । अनुसन्धानअन्तर्गत करिब ७३ प्रतिशत अभिभावकले आफुहरू घरमै धुमपान गर्ने स्वीकार गरेका थिए ।

Post a Comment

0 Comments