राष्ट्रिय वाणिज्य बैँक थलीद्वारा ग्राहकवर्ग लक्षित विभिन्न योजनाहरु सार्वजनिक



२०७८ पौष २ गते

लावण्य/साँखु । राष्ट्रिय बाणिज्य बैँ थली शाखाले ग्राहकवर्ग लक्षित विभिन्न योजनाहरु सार्वजनिक गरेको छ ।

बैँकले अघि सारेका योजनाहरु यस्ता छन्–

राष्ट्रिय बाणिज्य बैंक, थली शाखा कागेश्वरी मनोहरा न.पा. वडा नं. ५, मिलन चोक, थलीमा भर्खरै सञ्चालनमा आएको हो । यहि वर्षको मंसिर १६ गते कागेश्वरी मनोहरा न.पा.का मेयर श्री कृण्णहरी थापाबाट यस शाखाको समुदघाटन सम्पन्न भएको हो । राष्ट्रिय बाणिज्य बैंक देशकै पुरानो तथा पूर्ण सरकारी स्वामित्व भएको बैक भएको हुँदा यस बैंक प्रति सर्वसाधारणको बिश्वास रहि आएको छ र सोही अनुसार ग्राहकको बिश्वास जित्न समेत सफल भई देशकै ठुला बैक मध्ये एक बैंक हुन सफल समेत भएको छ । यस  शाखा बाट कागेश्वरी मनोहरा न.पा. का जनताहरु संगसगै यस वरपरका नगरपालिकाका जनताहरुले समेत सर्बसुलभ बैकिङ्ग सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

रा. बा. बैकले बचत खातामा उच्च ब्याजदर प्रदान गरिरहेको छ भने सबैभन्दा कम ब्याजदरमा कर्जा उपलब्ध गराईरहेको छ । बचत खातामा अधिकतम ८.०५ प्रतिशत सम्म ब्याजदर उपलब्ध गराईरहेको छ । नेपाली बैंकहरुमा सबैभन्दा कम आधार दर (बेस रेट) ५.५१ प्रतिशत मात्र (२०७८ असोज मसान्तमा) रा. बा. बैंकको रहेको छ जसले गर्दा हालको कर्जाको ब्याजदर न्यूनतम १.५१ प्रतिशत देखी अधिकतम ९.५१ प्रतिशत सम्म मात्र रहेको छ ।

शाखा स्थापनाको अवसरमा बचत खातामा बिभिन्न योजनाहरु समेत सार्वजनिक गरेको बैंकले जनाएको छ । हाल शाखामा कुनै पनि प्रकारको बचत खाता खोल्दा ग्राहकहरुलाई रु ५० ब्यालेन्स सहितको नेपाल टेलिकमको जि.एस.एम. प्रिपेड सिमकार्ड निःशुल्क उपलब्ध गराईरहेको छ । त्यसैगरी हालसम्म कुनै पनि बैक तथा बित्तिय संस्थामा बचत खाता नरहेकाहरुको लागी संबृद्धि बचत खाता योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्र्तगत खाता खोल्दा उच्चतम ब्याजदर ६.०५ प्रतिशत प्राप्त हुने र बैंकले नै खाता खोल्ने बित्तिकै रु १०० जम्मा समेत गरिदिने छ । त्यसै गरी बिदेशमा श्रम गरी आयआर्जन गर्ने नागरिक तथा तिनका परिवारको लागि रेमिटान्स बचत खाता सञ्चालनमा ल्याएको छ जसमा शुन्य मौज्दातमा खाता खोल्न सकिने र सबैभन्दा उच्चतम ब्याज ८.०५ प्रतिशत रहेको छ । त्यसैगरी  रेमिटान्स मुद्दति निक्षेपमा पनि उच्चतम ब्याजदर ११.०५ प्रतिशत रहेको छ ।

रा. बा. बैंकको बिश्वाशको आधार भनेको नै बचत तथा कर्जा दुबैमा ब्याजदरको सुनिश्चितता रहेको छ । अन्य बैंकमा जस्तो यस बैंकमा ब्याजदर छिटो छिटो परिवर्तन नहुनु र सबैलाई समान ब्याजदर कायम गरिनुनै यस बैकले जनताको बिश्वास जित्ने मुख्य अधार रहेको छ । अन्य बैक तथा बित्तिय संस्थाले बिभिन्न बचत खाताको योजना सार्वजनिक गर्ने तर पछि ति योजनामा ब्याजदर न्यूनतम कायम गरि फेरी नया योजना ल्याउनाले सिधासादा  जनताहरु सधै ठगिरहनु परेको छ । त्यसैगरी कर्जामा पनि ब्याजदर बढदा बढाउने तर घटदा नघटाउने प्रबृति निजि बैंक तथा बित्तिय संस्थामा ब्यापक रहेको गुनासा समेत सुन्दै आएका छौ तर यस रा.बा. बैंकमा भने सो गुनासा शुन्य बराबरनै रहेको छ । 

शाखाले अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता अनुसार मोबाईल बैँकिङ्ग, इन्टरनेट बैँकिङ्ग, एटिएम सुबिधा, चेक क्लियरिङ सुबिधा, डेबिट कार्ड, क्रेडिट कार्ड, नेपाल सरकारको राजस्व जम्मा गर्ने सुबिधा, पेन्सन भुत्तानी लगायत बिबिध सुबिधा प्रदान गरीरहेको छ । त्यसैगरी शाखामा एटिएम मेशिन सञ्चालन गरिएको छ भने डिम्याट खाता, मेरो शेयरको सुबिधा पनि उपलब्ध गराईरहेको र शेयर आवेदन गर्दा कुनै पनि शुल्क नलिने ब्यबस्था मिलाएको छ । शाखा बाट निकट भबिष्यमा सुन कर्जा समेत उपलब्ध गराउने तयारी गरिरहेको छ । यस शाखा बाट पेन्सन भुत्तानी सुबिधा रहेकोले बृद्धबृद्धाहरुले समेत नजिकै बाट पेन्सन भुत्तानी लिन सक्नेछन ।

शाखा बाट ग्राहकको आवश्यकता अनुसारका बिभिन्न किसिमका कर्जाहरु (ब्यबसायिक तथा व्यक्तिगत प्रकृतिका) प्रतिस्पर्धि ब्याजदरमा दरमा उपलब्ध गराउदै आईरहेको छ । यसका साथै नेपाल सरकार बाट घोषणा भएको सहुलियत ब्याजदर सहितको कर्जा पनि न्यून ब्याजदरमा उपलब्ध गराई यस क्षेत्रमा उद्यमशिलता बिकासमा सहयोग पु¥याईरहेको छ । 

देशको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको यस बैंकले हरेक नागरिकलाई उपयुक्तहुने बचत खाताको सञ्चालन गरी आवश्यकता अनुसार कर्जा उपलब्ध गराउनुका साथसाथै आधुनिक तथा नविनतम बैकिङ सुविधाहरु आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउदै आइरहेको छ । यस किसिमको बैंकको सम्पूर्ण सेवा तथा सुविधाहरु यस शाखा कार्यालय थली बाट पनि उपलब्ध गराई यस भेगका जनताको मनजित्ने बिश्वास राष्ट्रिय बाणिज्य बैंक, थली शाखाले लिएको छ ।


Post a Comment

0 Comments