समाजसेवी उत्तमलाल पिखाले गरीब असहाय र जेष्ठ नागरिकहरुलाई सम्मान एवं राहत वितरण गर्ने !



लावण्य/साँखु । साँखु साल्खाटोल निवासी समाजसेवी उत्तम लाल पिखाले यही मंसिर २७ गते सोमवार साँखु बजारका १ सय ५० जना गरीब, असहाय र जेष्ठ नागरिकहरुलाई सम्मान एवं राहत प्रदान गर्ने भएको छ ।

उहाँले सो राहत वितरण कार्यक्रम आफ्नो भीमरथारोहणको अवसरमा गर्न लागेको जनाउनुभएको छ । उहाँले कोरोनाको समयमा भोज भतेरमा गरिने खर्चलाई मितव्ययी बनाई समाजसेवा खर्चिने बताउनुभएको छ । उहाँ आफुले जस्तै समाजमा अरुले पनि यसरी नै समाज परिवर्तन गरोस् भन्ने चाहना राख्नुहुन्छ ।

उहाँ बुबा हरिबहादुर श्रेष्ठ र मुमा न्हुछेमाया श्रेष्ठका जेष्ठ सुृपुत्र हुनुहुन्छ । साँखुको साल्खा टोलमा जन्मनुभएको पिखा हाल काठमाडौँको लगनटोलमा बसोबास गर्नुहुन्छ ।

उहाँ र उहाँका श्रीमती कृष्णा पिखाको तर्फबाट १ छोरा र २ छोरी रहेका छन् ।

Post a Comment

0 Comments