लावण्य/साँखु । नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि उद्धार गरेको छ ।
लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उहाँकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिक्टरमार्फत उद्धार गरेको हो ।
हिजाे साेमवार बेलुकीदेखि महाकाली बस्तीमा उर्लिएपछि कुखुरा र गाउँ गोठको रेखदेख गर्न गएका उनीहरू बाढी आएपछि त्यहीँ फसेका हुन् । आज मङ्गलवार बिहानैदेखि सेनाको टोली उद्धारका लागि त्यहाँ जान खोजे पनि प्रतिकूल मौसमका कारण उद्धारस्थल पुग्न सकेको थिएन ।
स्थलमार्गबाट जान अन्य खहरे खोला र बाढीले जान सक्ने अवस्था नै थिएन, यहाँ रहेकाे श्रीदल गुल्मका गुल्मपति सेनानी भीष्म केसीले भन्नुभयो, स्थलमार्गबाट गएर त्यहाँ उद्धार सम्भव नभएपछि सुर्खेतबाट हेलिकप्टर बोलाइएको हो ।
आज दिउँसो यहाँ रहेकाे श्री नं २५ बाहिनी अड्डा पुगेको हेलिकप्टरले मसेट्टी पुगेर तीन चरणमा फसेकाको उद्धार गर्दै गाउँको जिम्मा लगाएर फर्किएको छ । ‘फसेका स्थानीयवासीलाई उद्धार गर्न चारैतिर रुख हुँदा केही कठिनाइ भए पनि सकुशल उद्धार गर्न सक्यौँ’, उद्धारको नेतृत्व गरेका पाइलट प्रमुख सेनानी रचन श्रेष्ठले भन्नुभयो, ‘उद्धारमा हाम्रो तालिम प्राप्त टाेली पनि सक्रिय रह्यो ।’
यसैबीच महाकाली नदी तटीय क्षेत्रका धेरैजसाे बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सिद्धराज न्यौपानेले जानकारी दिनुभयाे ।
0 Comments
Thanks for your concerns