लावण्य/साँखु । यही पौष १३ गते ट्रान्सपरेन्सी इन्टरनेसनल (टि.आई.)को आयोजना र शंखरापुर नगरपालिकाको संयोजनमा “भूकम्प पछिको पुनर्निर्माण र पुनःस्थापना सम्बन्धी सुझाव संकलन तथा सार्वजनिक सुनुवाई साँखुको भक्ति बाम्बो कटेज एण्ड पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
कार्यक्रममा शखरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठ, उप–प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व महासचिव पदमिनी प्रधानाङ्ग, एनआरएको प्रधिनिधी सदस्य धु्रव शर्मा आचार्य, नगरपालिकाका इञ्जिनियर नवीन फुयाल वैङ्किङ क्षेत्रबाट वितिय व्यवस्थापक अनुपा बस्नेत लगायत विभिन्न वडाका जन प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्थानीय सरोकारवाला, जनप्रतिनिधिहरुले भूकम्प पछिको पुनर्निर्माण र पुनःस्थापना बारेमा आ–आफ्नो गुनासो राखेका थिए ।
कार्यक्रममा मेयर श्रेष्ठले विभिन्न ठाउँबाट आएका गुनासोको छिट्टै हल गर्ने प्रतिबद्धता व्यक्त गर्दै भुकम्प आउनु दुःखदायी रहे पनि विकासको पुनर्निर्माण र पुनःस्थापनामा भने अवसर रहेको जसले गर्दा मठ मन्दिर हरुको पूनर्निर्माण, ७० प्रतिशत पक्की घरहरु र बिद्यालय भवनहरूको निर्माणमा सफलता मिलेको जानकारी गराउनु भयो ।
साँखुमा प्राचीन स्वरूप झल्किने घरहरु बनाउने लाभग्राहिहरुलाई प्रोत्साहन स्वरूप थप १ लाख दिने गरेको जानकारी दिनुहुदै मेयर श्रेष्ठले नेपाल सरकारको तर्फबाट निर्माण र अन्य गतिविधिमा देखाएको सामुहिक प्रयास निकै राम्रो रहेको बताउदै आफ्नो तर्फ बाट सधै सकारात्मक सहयोग हुने प्रतिवद्वता जनाउनु भयो ।
कार्यक्रममा शंखरापुर नगरपालिकाकी उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठले भुकम्प पछिको पुनर्निर्माणमा शंखरापुर नगरपालिकाले उल्लेख्य प्रगति गरेको बताउदै यद्यपी सम्पदा बस्तिको रूपमा बिकाश हुन लागेको प्राचिन शहर साँखुका केहि लाभग्राहिहरूले समस्या भोगिरहेको बताउनु भयो । समस्यामा रहेका भुकम्प पिडितहरूलाइ सहजताका साथ किस्ता पाउनु पर्ने भएकोले प्राधिकरणसँग समन्वय गरि रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि ध्रुब शर्माले कार्यक्रममा उठेका लाभग्राहिहरूका गुनासोहरूको जवाफ दिनु भएको थियो ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व महासचिव पदमिनी प्रधानाङ्गको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम शंखरापुर नगरपालिकाकी सुचना अघिकृत शुभद्रा पुडासैनीले संचालन गर्नुभएको थियो ।
0 Comments
Thanks for your concerns