माघ मेला व्यवस्थापनको लागि तयारी हुँदै आगामी अध्यक्षमा मिजेन्द्रकाजी चुनिए



लावण्य/सा“खु । यही मंसिर १८ गते साँखुको धुँलाटोलमा भएको टोलबासीहरुको भेलाले यस वर्ष र अर्को वर्ष माघ मेला व्यवस्थापन गर्नको लागि गठन गरिने नयाँ समितिको अध्यक्षको लागि मिजेन्द्रकाजी श्रेष्ठलाई सर्वसम्मतरुपमा चुनेको छ । यो सँगै यस वर्षको माघ मेलाको तयारी सुरु भएको छ ।

माघ मेला र माधवनारायण स्वस्थानी व्रत व्यवस्थापनको लागि प्रत्येक दुई वर्षमा व्यवस्थापन समिति फेरिने गर्दछ । साँखुमा अहिले भईरहेको व्यवस्था अनुसार गत दुई वर्ष पुखुलाछी टोलका गोविन्द बहादुर श्रेष्ठको नेतृत्वमा २६ सदस्यीय मेला व्यवस्थापन समितिले काम गरिरहेको छ । अबको दुई वर्ष मिजेन्द्रकाजी श्रेष्ठको नेतृत्वमा “श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समिति” सञ्चालित हुनेछ । उक्त समितिको कोषाध्यक्षमा समेत धुँला टोलकै प्रतिनिधित्व हुनेछ ।

उक्त समितिका सदस्यहरु ८ वटा टोलबाट ३÷३ जनाको दरले चयन हुनेछ । बाँकी दुईजना भने अहिले निर्वाचित अध्यक्ष र निवर्तमान अध्यक्ष समेत सो कार्यसमितिमा रहने व्यवस्था गरिएको छ ।

यसरी यो समितिमा २६ सदस्यीय केन्द्रिय समिति हुनेछ भने यो समितिलाई सहयोग गर्नको लागि प्रत्येक टोलबाट अर्को पाँच सदस्यीय सहयोग समिति समेत चयन हुने व्यवस्था गरिएको छ ।

यसै अनुसार अहिले साँखुमा प्रत्येक टोलबाट सदस्यहरु र सहयोग समिति चयन हुने क्रम जारी रहेको छ ।

Post a Comment

0 Comments