शालिक बनाउने कुरा


केही दिन अगाडिदेखि सामाजिक सञ्जाल पृथ्वीनारायण शाहको सालिक शंखरापुरको जहरसिंपौवामा स्थापित राखिने विषयले चर्चा पाएको छ ।
यो विषयले चर्चा पाउनुका पछाडि वागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयालले आफ्नो फेसबुक स्टाटसमा “काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिकाको जहरसिंहपौवामा राजनेता उद्यान जहरसिंपौवाको निर्माण वागमती प्रदेश, संघ र शंखरापुर नगरपालिकाको संयुक्त व्यवस्थापनमा हुनेछ । उद्यानमा राजनेता पृथ्वीनारायण शाहको मूर्ति राख्दा ८६ वर्षका मूर्तिकार बालकृष्ण तुलाधरले तयार गरेको यो मूर्ति के होला ? जानिफकार, विज्ञहरुलाई सुझावका लागि सविनय अनुरोध छ ।”  लेखेपछि भएको हो ।


Mountain Television nation's first popular and leading analytical ...
उहाँकै अर्को स्टाटसमा जानकारी गराए अनुसार ९ जना राजनेताहरुको पूर्णकदको सालिक बनाउने कार्यक्रम रहेको छ । राजनेताहरु पृथ्वीनारायण शाह, विपी कोईराला, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी, गणेशमान सिंह, योगमाया, डा. हर्क गुरुङ र गजेन्द्र नारायण सिंहको शालिक निर्माण हुनेछ ।

उहाँको यो स्टाटस सँगै सामाजिक सञ्जालमा अन्य नेताहरुको विषयमा त कुनै चर्चा नै भएन तर पृथ्वीनारायण शाहको सालिक राख्ने विषयमा भने कसैले समर्थन र कसैले विरोध गरेका स्टाटहरु सर्वत्र देखियो ।
Don't take us for granted: Manmohan Adhikary - Neighbours News ...
 पृथ्वीनारायण शाहलाई आधुनिक नेपालका निर्माता मान्नेहरु एकथरी छन् भने अर्कोतिर उहाँले छलकपटबाट राज्यसत्ता हासिल गरेको र विजय हासिल गरेको भन्नेहरुको पनि कमी छैन । अझ जनजातिहरुले त उहाँलाई देखि सहन्नन् किनकी उहाँको सत्ता आएपछी नै आफूहरु पीडित हुनुपरेको उपत्यकाबासी लगायत सबै आदिवासीहरुको रहेको छ ।
Ganeshman Singh , Father of Democracy (Dharohar-EP2-Part 2) - YouTube
हुनतः कुनै कालखण्डमा कुनै व्यक्तिले गरेको योगदानहरुबारे चर्चा गर्ने क्रममा ईतिहासकारहरुले पनि उनका विषयमा भ्रमपूर्ण तथ्यहरु बाहिर ल्याउने भएकोले पनि यस्तो भएको हो ।

 ईतिहास निर्मम् हुनुपर्छ । ईतिहासले कुनै पनि व्यक्तिको योगदान र उनले गरेका नराम्रा कामहरुको पनि उचित भण्डाफोर हुनु आवश्यक छ । तर अधिकांश मुलुकमा अझ भनौँ नेपाल जस्तो विकासोन्मुख मुलुकमा त चाकडी र चाप्लुसी गर्नेहरुले ईतिहासलाई चाकडी गर्ने र गुणगान गर्ने विषय बनाइदिए ।
Puspalal-shrestha - मूल्याङ्कन अनलाइन
सोही कारण पनि अन्य जनस्तरका राजनेताहरुको विषयमा आम जनताले विरोध गरेन तर स्व. राजा पृथ्वीनारायण शाहको भने जमेरै विरोधमा उत्रिए । अझ कतिपयले त स्टाटसमा उहाँको शालिक राखिनु भनेको त्यो स्थानको महत्व घटाउनु हो भनेका छन् । बरु उहाँको सत्ता जर्नेल जहरसिंह बस्नेतकै शालिक राख्नुपर्ने आवाज समेत बुलन्द गरेका छन् । यसले गर्दा उद्यानकै महत्व त घट्ने हैन प्रश्न उठेको छ ।
MY SAPTARI MY MOTHERLAND: FAMOUS PEOPLE
राज्यले कुनै पनि काम गर्दा ध्यान पु¥याउनु आवश्यक छ । हुनतः राजनीति गर्नेहरु विवादित काम गरेरै चर्चामा आउन्छन् क्या रे ! तर पनि आम जनताको सरोकारको विषयमा चासो नदिईकन कुनै पनि शालिक बनाउनु वा पार्क बनाउनुले सो ठाउँको ईज्जत बढ्दैन घट्छ नै ।
EVERESTLINK: DR. HARKA GURUNG AND HIS COUNTRIBUTION TO NATION
 यसको ज्वलन्त उदाहरणका रुपमा साँखुकै सलम्बुटारमा निर्मित शहीद स्तम्भलाई लिन सकिन्छ । त्यहाँ काठमाडौँ जिविसको लगानीमा बनेको शहीद स्तम्भको दूरावस्थाले आम जनताको चासो नभएको र विरोध रहेको वस्तुको निर्माण सार्वजनिक ठाउँमा बनाउनु भनेको दूरावस्थालाई निम्त्याउनु मात्रै हो भन्ने भन्न सकिन्छ ।
Madan Bhandari foundation - Posts | Facebook
त्यसैले कुनै पनि व्यक्तिको शालिक बनाउनु वा राख्नु अगाडि १० पटक सोचेर सम्झेर मात्रै राखौँ । सबैलाई चेतना भया !

Jaharsing Pauwa | Arial Shots | Visit Nepal 2019 by Sabin Shrestha

Post a Comment

0 Comments