शंखरापुरका सुनिल नगरकोटीले सिनियर काता तर्फ स्वर्ण जिते



लावण्य÷साँखु आईएफकेकेको आयोजनामा भारतको मुम्बईमा जनवरी २६२७ मा भएको क्योकुसिन ओपन कराते कप २०१९ मा शंखरापुर निवासी सुनिल नगरकोटिले सिनियर काता तर्फ स्वर्ण पदक ६५ केजी कुमिते तर्फ काश्य पदक जित्न सफल भएको
शंखरापुर नगरपालिकाका खेलाडीले पनि अन्तर्राष्ट्रिय स्तरको खेलमा स्वर्ण पदक ल्याउँदा स्थानीय निकै हर्षित भएका छन् शंखरापुर नपाले खेलकूद क्षेत्रमा लगानी गर्दा यस्ता उदियमान खेलाडीहरुलाई समेत ध्यानमा राख्नुपर्ने खेलपे्रमीहरुले औँल्याएका छन्
नगरकोटीले काताको फाइनलमा भारतीय खेलाडीलाई जितेर स्वर्ण पदक हात पार्न सफल भएका थिए भने कुमितेतर्फको सेमिफाइनलमा नेपाली खेलाडी हरि दनुवारसँग पराजित भई काँश्य पदकमै चित्त बुझाउनुपरेको थियो
क्योकुसिन कराते टोली यही माघ गते खेलाडी सहित १२ सदस्यीय टोली भारत गएका थिए
सो प्रतियोगितामा पुरुष महिला खेलाडीले नेपालको तर्फबाट भाग लिएका थिए
पुरुष ५० केजीमा दिपेन्द्र क्षेत्री, ५५ केजीमा आङ निमा शेर्पा, ६० केजीमा हरि दनुवार, ६५ केजीमा विकास गुरुङ, खुलामा सनीसिंह सुनुवार तथा कातामा सुनील नगरकोटीले प्रतिस्पर्धा गरेका थिए भने महिला ५० केजीमा शान्ति थापा मगर तथा खुलामा मञ्जु विक सहभागी भएका थिए

Post a Comment

0 Comments