लावण्य÷साँखु । एमसीसी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन विरुद्ध साँखु बजारमा विरोध प्रदर्शन भएको छ ।
सो विरोध जुलुस शंखरापुर ३ जहरसिंपौवाबाट सुरु भएको थियो त्यहाँबाट ५०/६० वटा मोटरसाईकलमा जुलुस साँखु आएका थिए । साँखुको साल्खा महादेवस्थानमा पुगेपछि साँखुमा जम्मा भईरहेकाहरुसँग मिसिएको थियो । त्यहाँबाट जुलुस साँखु बजार परिक्रमा पछि शंखरापुर नगरपालिकाको गेटमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सो ¥यालीमा सहभागीहरुले एमसीसी खारेज गर, ब्याक अफ एमसीसी लगायतका नारा लगाउनुका साथै एमसीसी विरोधी प्लेकार्ड, कालो झण्डा र राष्ट्रिय झण्डा बोकेका थिए ।
कोणसभामा राप्रपाबाट मेयरका प्रत्यासी मिजेन्द्रकाजी श्रेष्ठ, नेपाली काँगे्रसबाट मेयरका प्रत्यासी शंकर तिवारी, भ्रष्टाचार विरूद्ध राष्ट्रिय अभियान शंखरापुरका रत्नप्रसाद श्रेष्ठ, तामाकोशी जलविद्युत पीडित संघर्ष समितिका सूर्य तामाङ र शम्भुप्रसाद चौलागाइँ तथा राष्ट्रिय सिमान्तिकरण विरुद्ध राष्ट्रिय अभियानका बुद्ध छिरिङ मोक्तान लगायतले एमसीसी परियोजनाले पार्ने समस्या, यस क्षेत्रका बासिन्दाहरुको हक अधिकार हनन हुने विषय तथा एमसीसीले आउने ५५ अरबकै लागि नेपालले ठूलो महत्व दिनु नपर्ने भन्दै सो रकम एनसेलको ६२ अरब तिर्नुपर्ने कर उठे पुग्ने तथा हैन आम जनसमुदायबाट उठाउने हो भने पनि प्रति व्यक्ति १ हजार ८ सय ३३ रुपैयाँ मात्रै हुने हुँदा त्यत्ति रकमको लागि राष्ट्र नै बन्धकी राख्ने अथवा संसदबाटै अनुमोदन गरेर सो परियोजना स्वीकृत गर्नुको औचित्य नरहेको बताउनुभएको थियो ।
1 Comments
Go Back MCC
ReplyDeleteThanks for your concerns