१३ औँ जन साहित्य सम्मेलन टोखामा सम्पन्न



लावण्य÷साँखु जन साहित्य समाज टोखाको आयोजनामा १३ औं जन साहित्य सम्मेलन विविध कार्यक्रम गरी मनाएको आदर्श समाज निर्माणका लागि जन साहित्य  भन्ने मूल नाराका साथ समाजले प्रत्येक वर्ष फागुन गतेका दिन सम्मेलनको आयोजना गर्दै आएको
साहित्यका विविध विधाहरुमा प्रगतिशील रचनाहरु वीच प्रतिस्पर्धात्मक रुपमा यो सम्मेलन विगत १३ वर्षदेखि निरन्तर चल्दै आइरहेको
बुधवार टोखाको थनेलाछिमा आयोजित कार्यक्रममा कवि मदन श्रेष्ठ द्वारा लिखितशत्रुहरु दैलोमा उभिएका छन् नामक कविता संग्रहको विमोचन कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव सांसद प्रेम सुवालले गर्नुभएको
वहाँले सो अवसरमा देश विदेशको राजनीतिमा नेमकिपाको भूमिका अडानका विषयमा बताउनुभएको थियो
कार्यक्रममा नेमकिपाका केन्द्रिय सदस्य एवं वागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइ, पूर्व जर्नेल प्रेमसिं बस्नेत, नेपाल कान्तिकारी मजदुर संघका केन्द्रिय अध्यक्ष राजेन्द्र चवालले नेपालको वर्तमान राजनीतिक अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो
कार्यक्रममा वरिष्ठ . राजदास श्रेष्ठले शताव्दी पुरुष सत्यमोहन जोशीको नाममा गरिने शुभकार्यको लागि रु. ५० हजार आफूले चन्दा दिने घोषणा गर्नुभएको थियो उहाँले शताव्दी पुरुष सत्यमोहन जोशी, जनकवी दुर्गालाल श्रेष्ठ महाकवी गिरिजाप्रसादको योगदानको चर्चा गर्नुभएको थियो
जनसाहित्य समाज टोखाका अध्यक्ष काशिलाल डंगोलको सभापतित्वमा भएको सम्मेलनमा कविता, निवन्ध लगायत गीत, सांगितिक, नृत्य, प्रहसनको प्रस्तुति रहेको थियो साहित्यकारले प्रतियोगी साहित्यिक रचनाहरु वाचन गरेका थिए
त्यसैगरी साहित्यिक प्रतियोगितातर्फ कवितामा प्रथम हुने विशोक डंगोल, दोस्रो हुने कर्ण बहादुर डंगोल तेस्रो हुने हिक्मत डंगोल बाल प्रोत्साहन पुरसकार समिक्षा डंगोललाई कार्यक्रमका प्रमुख अतिथि प्रेम सुवालले पुरस्कार प्रदान गरेका थिए
प्रतियोगिताको निर्णायक मण्डलमा नेपाली साहित्यको छन्द विधाका विशिष्ठ स्रजक प्रभाव सापकोटा, सजीव श्रेष्ठ तथा मदन श्रेष्ठले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए
कार्यक्रममा टोखामा रहेको दाफा भजन खलःका गुरुहरुलाई सम्मान पत्र नगद सहित सम्मान गरिएका थिए उक्त साहित्य प्रतियोगितमा उपत्यकाका विभिन्न स्थानबाट साहित्यकारहरुले सहभागिता जनाएका थिए
कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल टोखा का जनप्रतिनिधि पञ्चकुमारी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो

Post a Comment

2 Comments

  1. Your Affiliate Money Making Machine is ready -

    Plus, earning money online using it is as easy as 1, 2, 3!

    Here is how it all works...

    STEP 1. Choose affiliate products the system will promote
    STEP 2. Add push button traffic (this ONLY takes 2 minutes)
    STEP 3. Watch the system grow your list and up-sell your affiliate products on it's own!

    So, do you want to start making profits???

    Your MONEY MAKING affiliate solution is RIGHT HERE

    ReplyDelete
  2. According to Stanford Medical, It is indeed the ONLY reason this country's women live 10 years longer and weigh on average 19 kilos less than us.

    (And really, it has NOTHING to do with genetics or some secret exercise and absolutely EVERYTHING about "HOW" they eat.)

    BTW, What I said is "HOW", not "WHAT"...

    CLICK this link to uncover if this brief quiz can help you release your true weight loss possibilities

    ReplyDelete

Thanks for your concerns